Pages

Friday, August 17, 2012

राजधानीमा रात्रीबस सरर‌‌….


१ भदौ, काठमाडौं । शुक्रबारबाट राजधानीमा रात्रीबस सेवा सुरू भएको छ । रात्रीबसको उद्घाटन रत्नपार्कमा स्थानीय विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले गर्नु भएको थियो । उहाँले पनि केहीबेर बसको यात्रा गर्नुभयो । पहिलो दिनै सर्वसाधारणको निकै सहभागिता रह्यो ।
उद्‌घाटन समारोहमा महानगरपालिकाका कर्मचारी, सरकारी अधिकारी, ट्राफिक प्रहरीका अधिकृत, सञ्चारकर्मी, व्यवसायी लगायतको उपस्थिति रहेको थियो । बेलुकी ८ बजेदेखि राति ११ बजेसम्म मात्र बस चल्नेछ ।
काठमाडौं महानगरपालिका र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुरुको अनुभव हेरेर रातभरी पनि चलाउन सकिने प्रतिकृया दिएका छन् । अरु जे भएपनि राजधानीको सडकमा रात्रीबस चल्ने भयो भन्ने कुरालाई मात्र यतिबेला सबैले महत्व दिएका छन् । रातको समयमा सार्वजनिक गाडी नपाएर यात्रुले सास्ती भोग्न थालेपछि सरकारले रात्रीकालीन बस सेवा सञ्चालन गर्न लागेको हो ।

Wednesday, August 15, 2012

खड्काको राजनीतिक जीवन समाप्त


डेढ वर्ष कैद, १ करोड ८९ लाख बिगो र जरिवाना

श्रावण ३१ - जफत हुने सम्पत्ति
-
(क)    प्रतिवादी शिला शर्मा खड्काको नामको ल.पु.उ.म.पा.वडा नं.२ -क) कि.नं.२४९, क्षे.फ.१-६-१-१ लिखत मूल्य रु. २०,९२,०००। को जग्गा ।
(ख)    निजका नामको ल.पु.उ.म.पा.वडा नंं.२-क) कि.नं.१०७ को १-६-०-० र कि.नं.१८६ को क्षे.फ.०-१-१-० जग्गामध्ये घरबाहेकको जग्गाबाट रु. २०,५६,९८७।०२ बराबर भागहिस्सा ।
(ग)    प्रतिवादी खुमबहादुर खड्काका नाममा दर्ता रहेको बा.२.च.९५५५, खरिद मूल्य रु. २४,५०,०००। को मित्सुबिसी प्राडो गाडी ।
(घ)    आरोपपत्रको तालिका नं. ८ मा उल्लिखित प्रतिवादीसँग रहेको भनिएको तत्कालीन मूल्य रु.३,७५,१३५।११ बराबरको ३३ तोला सुन र २.९३ किलो चाँदी ।
सर्वोच्च अदालतले पूर्वगृहमन्त्री एवं कांग्रेस नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैदको फैसला गरेको छ । जेल सजायका अतिरिक्त उनले भ्रष्टाचार गरी कमाएको रकम ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ जरिवाना र त्यति नै बिगो तिर्नुपर्ने सर्वोच्चको फैसलामा उल्लेख छ ।

Monday, August 13, 2012

नयाँ प्रधानमन्त्रीमा रानाभाटको दावी

२९ साउन, काठमाडौं । ‘भटटटलाई कार्वाही गर्, रटटलाई निलम्बन गर्………..’ दोस्रो जनआन्दोलन सफल भएर मुलुकमा लोकतन्त्र स्थापना भएको दिन कांग्रेस कार्यकर्ताले तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको निवास महाराजगञ्जमा लगाएको नारा हो यो ।
उतिबेला ज्ञानेन्द्र र पारससँगै तारानाथ रानाभाटको बिरोधमा पनि सडकमा नारा घन्किन्थ्यो । पार्टी र आन्दोलनमा उनको भूमिकाबारे अरुभन्दा बढी कांग्रेस कार्यकर्ता आक्रोशित थिए ।
२०५८ सालमा भएको दरबार हत्याकाण्ड छानवीनसमितिका संयोजक भएर प्रतिवेदन सार्वजनिक गर्ने बेला त्योबेलाका सभामुख रानाभाटले दरबारभित्र गोली यसरी चल्यो भनेर बन्दूक समाउँदै रटटटटटटटटटट, भटटटटटटट भनेका थिए । त्यसैले त्योबेलादेखि उनलाई धेरैले रटटटट र भटटटट भनेर जिस्क्याए । तिनै रानाभाटले जनआन्दोलनको बेला कुनै भूमिका खेलेनन् । पार्टीले सभामुख पद छाड्न आग्रह गर्दा पनि टेरेनन् । आन्दोलनको बिरोध गरे । त्यसैले जनआन्दोलन सफल भएपछि कांग्रेस कार्यकर्ताले उनलाई कार्वाही गर्न माग गरेका थिए । लोकतन्त्र स्थापना भए लगत्तै उनी सभामुखबाट बर्खास्त पनि भए ।
लोकतन्त्र स्थापना भएपछि रानाभाटले ऊबेलाको भूमिकालाई लिएर गल्ती महसुस गर्नुपथ्र्यो । तर त्यसो गरेनन् । जे गरें, ठीकै गरें भनेर उनी पार्टीमा फेरि जम्न खोजे । महाधिवेशनमा उम्मेद्वारी पनि दिए । तर, सफल भएनन् । अहिले उनी कांग्रेसमा भूमिकाविहीन जस्तै छन् । तर, आफू कांग्रेसको सक्रिय कार्यकर्ता नै ठान्छन् उनी ।
पार्टीमा त्यति सक्रिय नदेखिएपनि रानाभाट पूर्व सांसद मञ्चको अध्यक्ष भएर बेलाबेला सार्वजनिक ठाउँमा अनुहार देखाउँछन् । एकताका उनकै नेतृत्वमा संविधान बनाउनको लागि दबाब दिन भन्दै बानेश्वरमा रिले अनसन पनि भयो । संविधानसभा बिघटनपछि फाट्टफुट्ट रुपमा हुने यो काम पनि सेलाएको छ । तर सोमबार फेरि उनले एकपटक आफूलाई चर्चामा ल्याउन खोजे । राजधानीमा भएको एक साक्षात्कार कार्यक्रममा उनले आफूलाई प्रधानमन्त्रीको रुपमा दावी गरे ।

How to add moving text to Blog or website

Step 1. Go to Layout >> Add a Gadget and Add a new HTML/JavaScript Gadget
Step 2. In the HTML box, paste this below code as you wish and save :

Code For Simple Moving Text:
<marquee>This is moving text Moving Right to Left </marquee>
But Simple Moving Text Looks really ugly.
To make it attractive,we will add background colour to it by bgcolor="hexadecimal code".

Code For Moving Text With Background Colour:
<marquee bgcolor="#33cc99">This is moving text with Background Colour </marquee>
You will notice that text is not clearly readable.
So,we gonna change the colour of the text.