Pages

Wednesday, October 10, 2012

सबैलाई दुख्ने दुखाइको चोट एउटै हो

सबैलाई दुख्ने दुखाइको चोट एउटै हो
सबैलाई सितल दिने त्यो बोट एउटै हो ।

ढाक्छन सबै आफ्नो गल्तीहरु यहाँ
नदेखाएनी देखिने सबैको खोट एउटै हो ।

मान्छेमा सोच ठुलो आफ्नै भन्छन्
भ्रस्ट नेताहरू बनाउने भोट् एउटै हो ।

भाग्छन सबै पछी पछी पाउनलाई
मनमा खुशी दिलाउने नोट एउटै हो ।

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत ।