Pages

Saturday, April 13, 2013

सम्बन्धहरु नै छुटेपछिको अर्थ के

सम्बन्धहरु नै छुटेपछिको अर्थ के
हिड्ने बाटो नै टुटेपछिको अर्थ के  !

रहेन विश्वास पनि शब्द गलत भो
आफ्नैले बारबार लुटेपछिको अर्थ के !

स्वाभिमान को अर्थ पनि बुझ्नै सकिन
मकै सरि यो मनै भुटेपछिको अर्थ के  !

सम्झौता गर्दागर्दै छोटिदैछ जिबन
मनको बाधनै फुटेपछिको अर्थ के  !

कालो पनि सेतो भन्ने कस्तो जमाना
झुठो पनि सहिभै जुटेपछिको अर्थ के !

रेशम श्रेष्ठ
हुवाश - ३, पर्वत !