Pages

Monday, August 26, 2013

मेरो कथा !

खै कहाँ बाट सुरु गरौ यो जिन्दगीको एउटा कथा म आफैलाई थाहा छैन, यो जिबन नै कता कता ढुंगामा ठोकिए जस्तो लाग्छ आगाडी बड्न खोज्छन यी पाइलाहरु अनि बिचैमा रोकिए जस्तो लाग्छ के गर्ने कसो गर्ने आफैलाई थाहा हुदैन यो मनको उथलपुथल ले आफैलाई कता कता यो दुनियामा हराए जस्तो लाग्छ आफैलाई आफै भित्र खोज्ने प्रयास गर्छु यो संसारको रित नै यस्तै भएर हो कि लाखौ कोसिसले पनि एक खुसि किन्न नसकिने रहेछ भन्ने कुरा आजका दिनमा आएर बुझ्दैछु अनि यस्तै एउटा कथा मेरो आफ्नै कथा कहिलेकाही एक्लै रोएको हुन्छु अनि हास्ने कोसिस गरेको हुन्छु हजारौ पीडाहरु पन्छ्याउने कोसिस गर्छु त्येइ एकपलको हासोको लागि सायद यो जिबन नै हासो र रुवाई बिचको संगम भएर होकी रुदारुदै पनि हासेको अभिनय गर्नुपर्ने रहेछ अनि सयौ दिनको बिछोड पछि त्येइ एक दिनको मिलनको पर्तिक्ष्या गर्दै दिन काटिरहेको अवस्थाका ति क्षणहरु सायद कस्तो हुन्छ त्यो जिन्दगीको एउटा मोड जो कसैलाई थाहा हुन्छ नै जसले यस्ता मैले जस्ता पिडाहरु भोगिरहनु भएको छ एउटा मेरो कथा जो संग कयौ त्येस्ता व्यक्तिहरुको कथा पनि जोडिएको हुन सक्छ यो एउटा मेरो प्रयास हो र जुन कुरा मेरो जिन्दगीको पानामा रहिरहनेछ आफ्नै जिन्दगीको चोट कस्तो हुन्छ व्यथा कस्तो हुन्छ एउटा परिवारबिनाको जिन्दगि जिउने एउटा प्रदेशी जो कयौ वर्ष प्रदेशमै बिताएको हुन्छ मनभरि पिडा लुकाएर आफ्नै परिवारको खुसि किन्ने कोसिसमा रहेको एउटा कथा आखिर त्यो कथा एउटा मेरै कथा लेख्दै जसले कोहि कसैको आसमा बाच्न जानेको छैन केवल बाचेको छ त आफ्नै पौरख र स्वाभिमान मा बाचेको छ र त्येसरी बाच्नुमा नै गौरवान्वित ठान्दछ ! सुरु गर्दै

Sunday, August 25, 2013

जिबनमा सधै कहाँ बाचिन्छ र

जिबनमा सधै कहाँ बाचिन्छ र
साचेर नि यहाँ के नै साचिन्छ र !

जानु छ एकदिन यो दुनियाबाट
बिचैमा भाच्दैमा के भाचिन्छ र !

आफैमा धमिलो,अमिलो भएपछी
पिर व्यथामा पनि के नाचिन्छ र !

सन्तोषको सास फेर्न नसक्दा
जबरजस्ती कसरि हासिन्छ र !

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत