Pages

Thursday, September 26, 2013

जिन्दगि यो के रहेछ बुझ्नै सकिन

जिन्दगि यो के रहेछ बुझ्नै सकिन
एकोहोरो किन भएछ बुझ्नै सकिन !
मान्छेहरु सबै लाग्दैछन नामकै पछि
कति धेरै स्वार्थमा अडेछ बुझ्नै सकिन !

रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत

Sunday, September 22, 2013

जिन्दगिमा हास्ने मन कसको हुदैन र

जिन्दगिमा हास्ने मन कसको हुदैन र
हासेर नै बाच्ने मन कसको हुदैन र !

दुइ दिनको जिन्दगि यो गर्नु के को पिर
जिबन सधै साच्ने मन कसको हुदैन र !

मै खाउ मै लाउ भन्छन सबै यहाँ
रमाई रमाई नाच्ने मन कसको हुदैन र !

हास्नु छ नाच्नु छ दुइदिन बाचुन्जेल
मिठो साइनो गास्ने मन कसको हुदैन र !

रेशम श्रेष्ठ,
हुवाश-३, पर्वत