Pages

Friday, May 18, 2012

आखिर कसलाई हुन्छ र यहाँ


आखिर कसलाई हुन्छ र यहाँ
सोचे जस्तो अनि रोजे जस्तो !

आखिर कसलाई हुन्छ र यहाँ
आफैले सम्झे जस्तो अनि खोजे जस्तो !!

आखिर कसलाई हुन्छ र यहाँ
बिना पिर-चिन्ता मा रमे जस्तो !

आखिर कसलाई हुन्छ र यहाँ
बिना संघर्स लडाई जिते जस्तो !!

आखिर कसलाई हुन्छ र यहाँ
बिना बस्तीको ठुलो शहर जस्तो !

आखिर कसलाई हुन्छ र यहाँ
मिर्त्यु बिनाको जिबन जस्तो !!

.........अनि माया बिनाको प्रेम जस्तो .......

रेशम श्रेष्ठ !

No comments:

Post a Comment