Pages

Sunday, August 26, 2012

काम भन्दानी धेरै कुरा गर्ने, देश भयो कस्तो


काम भन्दानी धेरै कुरा गर्ने, देश भयो कस्तो
नाम भन्दानी धेरै दाम छर्ने, देश भयो कस्तो ।

कुरा मात्रै ठुला छन् जनता भन्दा नेता धेरै
सोझा निमुखा गरिब नै मर्ने, देश भयो कस्तो ।

आशा कस्को नै छ र अब यहाँ गर्नलाई
छैन कुनै पुल यहाँ नदि तर्ने, देश भयो कस्तो ।

जनता लाई लडाएर नेता गर्छन मस्ती
छन् सबै आफ्नै पेट भर्ने, देश भयो कस्तो ।

खोला तर्छन लौरो बिर्सन्छन सबै यहाँ
भएन कोहि विश्वाश अनी भर पर्ने, देश भयो कस्तो ।

रेशम श्रेष्ठ
हुवाश - ३, पर्बत

No comments:

Post a Comment