Pages

Sunday, September 2, 2012

सोच्दैछु यो देशको गाथा लेखिन्छ की भनि


सोच्दैछु यो देशको गाथा लेखिन्छ की भनि
खोज्दैछु बिरता र वीरहरू भेटिन्छ की भनि ।

सुन्दर त्येही हिमालका पाखा पखेरा हरूमा
हेर्दैछु चम्किलो मुहारहरू देखिन्छ की भनि ।

वीरहरूको रगतले लेखिएको  ईतिहासलाई
छोप्दैछु ती बिरताको  गाथाहरू मेटिन्छ की भनि ।

नियाल्दैछु ती कल्कलाउदो सुन्दर मुनाहरूलाई
कसैको क्षर्णीक स्वार्थमा नै रेटिन्छ की भनि ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

No comments:

Post a Comment