Pages

Friday, September 28, 2012

अनौठो कथा रहेछ यो जिन्दगी

अनौठो कथा रहेछ यो जिन्दगी
ब्यथाहरु अनेक सहेछ यो जिन्दगी ।

खोजी हिड्दैछु खुशीहरु कहाँ कहाँ
सुखको नाममा पिडा भएछ यो जिन्दगी ।

बुद्दको नाम मात्रै छ अब त संसारमा
शान्ति शान्ति भन्दै लडेछ यो जिन्दगी ।

खै के भन्नु छ र यो दुनियाँलाई
बाँच्नकै लागि आँफै मरेछ यो जिन्दगी ।

रेशम श्रेष्ठ
हुवास-३, पर्वत ।

No comments:

Post a Comment