Pages

Saturday, December 29, 2012

म त आँफै कही कतै हराउन चाहन्छु

म त आँफै कही कतै हराउन चाहन्छु
संसार नै सुन्य-सुन्य गराउन चाहन्छु ।

धेरै भइसक्यो अब त अशान्ती यहाँ
मनमै सुन्दर छहरा झराउन चाहन्छु ।

खाली छ यहाँ सबैको लोभको भकारी
दिमागमै ज्ञानगुनले भराउन चाहन्छु ।

सोच कसैको भेटिएन राम्रो भन्ने पनि
बिउ राम्रो बिचारको छराउन चाहन्छु ।

देखेर नियेती बेचैन हुन्छु आँफै-आँफै
पिडालाई पोख्दै-पोख्दै कराउन चाहन्छु ।

रेशम श्रेष्ठ
पर्वत, हुवाश्-३ ।


No comments:

Post a Comment