Pages

Tuesday, February 12, 2013

तिमी संगै माया लाउनेछु कसम प्रेम दिबसको

तिमी संगै माया लाउनेछु, कसम प्रेम दिबसको
तिम्रै सौन्दर्यको गीत गाउनेछु,कसम प्रेम दिबसको !

लेखेको छू तिम्रै नाम मेरो मनको मन्दिरमा
जूनीजूनी साथमै आउनेछु, कसम प्रेम दिबसको !

आउछौ तिमी त मेरै कल्पनाको फूलबारीमा
तिम्रै ढुक्ढुकीमा छाउनेछु, कसम प्रेम दिबसको !

देउता भाक्छन मन्दिर जान्छन यहाँ कति कति
लाएर तिम्रै पछि धाउनेछु, कसम प्रेम दिबसको !

चाहिदैन सूख तिमीबिना कुनै नयाँ संसारको
तिम्रै सिउदो सजाउनेछु, कसम प्रेम दिबसको !

रेशम श्रेष्ठ
हुवाश्-३ पर्वत ।

No comments:

Post a Comment