Pages

Sunday, February 17, 2013

एक्लो यो जिन्दगीमा धेरै जिउनु किन

एक्लो यो जिन्दगीमा धेरै जिउनु किन
मनभरी चोट बोकी बेचैन हुनु किन ।

सूख भन्दा दु:ख नै रहेछ् जिन्दगीमा
बिना अर्थ एकान्तमा सम्झि रुनु किन ।

पिडानै प्यारो लाग्न थाल्यो अब त
ब्यर्थै यहाँ आसुले सिरानी धुनु किन ।

सोच्दैछु आजकल् त अनेकौ कुराहरु
अनायसै मनको बह कहनु किन  ।

रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत

No comments:

Post a Comment