Pages

Sunday, April 14, 2013

के सम्झाउनु बिर्सि जान्छौ भने

के सम्झाउनु बिर्सि जान्छौ भने
के भर पर्नु आफ्नै संका मान्छौ भने !

ठान्छु म जिबन एक यात्रा हो
गन्तब्य आफ्नै  छान्छौ भने !

नगर्नु कुनै बहाना जिउनलाई
जितमा अरुको खुट्टा तान्छौ भने !

जिबन एक पल हो यो सबैको
सत्यतामा तिमि लान्छौ भने !

निर्णय आफ्नै हुन्छ जिबनको
स्वाभिमानी आफूलाई ठान्छौ भने !

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत !

No comments:

Post a Comment