Pages

Monday, May 27, 2013

बेहाल यो जिन्दगीमा फर्केर थाहा पाए

बेहाल यो जिन्दगीमा फर्केर थाहा पाए
बहहरु मन भित्रका थर्केर थाहा पाए !

मुटुमेरो दुख्छ कहिलेकाही धेरै धेरै
सिसासरी जताततै चर्केर थाहा पाए !

स्वार्थी रैछ यो दुनिया आफैमा धेरै
आफ़्नैको नजर अन्तै मर्केर थाहा पाए !

सुख सन्तोस कहाँ रैछ खै यो जिबनमा
यो मन आफै आफैसंग झर्केर थाहा पाए !

आसु पनि रित्तिसक्यो छैन बग्नलाइ
भाबनानै एकोहोरो दर्केर थाहा पाए !

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत !

No comments:

Post a Comment