Pages

Wednesday, July 24, 2013

रूबाइयात - मुक्तक

यो माया कस्तो बेचैन बनाउछ
नभेट्दा एकछिन धेरै सताउछ
सन्देस उनलाई के पठाऊ भन्दै
धेरै नै मनमा तरङ्ग उठाउछ !!

मलाई सताएर जाने कोसिस नगर
सिहाशनमा बसाएर जाने कोसिस नगर
म त तिमीबिना अपुरो-अधुरो भैसकेछु
बिचैमा फसाएर जाने कोसिस नगर !!

त्येही पुरानो बाटो आउनेछु म
निश्चल उमंगको गित गाउनेछु म
धेरै भैसक्यो खोजेको तिमीलाई
अब समिपमै तिम्रो पाउनेछु म !!

बद्नामिहरु महान बन्दैछन
संघर्स जिबनमा धेरै भो भन्दैछन
बिगतलाई बिर्सनेहरुको के कुरा
जे छु ठिकैछु भन्ने ठान्दैछन !!

क्षर्णिक हासो हसाएर गयो जिन्दगीले
मनभरी पिडा बसाएर गयो जिन्दगीले
पिर व्यथाको भण्डार नै बनेछ यो छाती
बाध्यताको माला पहिराएर गयो जिन्दगीले !

रेशम श्रेष्ठ , हुवाश-३, पर्वत

No comments:

Post a Comment