Pages

Thursday, August 1, 2013

दुख संगै जिउन मैले जानी सकेछु


दुख संगै जिउन मैले जानी सकेछु
संघर्स हो जिबन भनि मानी सकेछु !

उकाली ओराली हरु धेरै भेटे यहाँ
साहारा जिबनको आफै छानी सकेछु !

भन्छन चरेस खानु हरेस नखानु
हार्न नहुने छ जिबन ठानी सकेछु !

रमाउनु पर्छ रे दुइ दिने जिबनमा
अनुभब को चुस्की धेरै तानी सकेछु !

रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत 

No comments:

Post a Comment