Pages

Wednesday, September 4, 2013

तिम्रै त्यो मिठो मुस्कान हेरेर रमाउदै छु

तिम्रै त्यो मिठो मुस्कान हेरेर रमाउदै छु
मुस्कानकै दुइ शब्द केरेर रमाउदै छु !
जिबन जिउने एउटा आधार बन्दैछ मेरो
आएर यादहरु चारैतिर घेरेर रमाउदै छु !

रेशम श्रेष्ठ,
हुवाश-३, पर्वत

रोएपनि पिडा कम हुदैन त रुनुको अर्थ के
सहारा मिल्दैन कसैको त हुनुको अर्थ के !
दाग लागिसकेछ मनमै नमेटिने गहिरो
पटक पटक आशु बगाएर धुनुको अर्थ के !

रेशम श्रेष्ठ,
हुवाश-३, पर्वत

No comments:

Post a Comment