Pages

Friday, June 22, 2012

डराएर लडाई गर्नेको के कुरा ??


डराएर लडाई गर्नेको के कुरा
हराएर आफै खोज्नेको के कुरा !

खुसिमा नै आफै रुने हरु संग
लगाएर मलम दुख्नेको के कुरा !

साथ हाम्रो अजम्बरी भन्छन
समाएर बिचैमा छोड्नेको के कुरा !

आज एउटा त भोलि अर्कै छ
छुटाएर डोरी जोड्नेको के कुरा !

गर्छन अनेक  बात हरु ठुला
खुवाएर बाचा कसम तोड्नेको के कुरा !

एक्लो हुदा सबै साथ खोज्छन
भेटाएर बाटो अर्को मोड्नेको के कुरा !

रेशम श्रेष्ठ !
पर्बत, हुवाश - ३

No comments:

Post a Comment