Pages

Sunday, June 17, 2012

चाहना मेरो शिखर चढ्नु छ


चाहना मेरो शिखर चढ्नु छ
सबै सबै किताब पढ्नु छ ।

भाबहरु आउछ अनेक मनमा
यो मन आफ्नै विचारमा अड्नु छ ।

मेरो जिबनको यात्रा जारी छ्
सहयात्री सँगसँगै अघी बढ्नु छ ।

हरेक छेणमा लडाईं हुन्छ
सबैलाई जित्न धेरै लड्नु छ ।

खन्छन खाडल बिचारको आफ्नै
अरुकै निम्ती आँफै गड्नु छ ।

रेशम श्रेष्ठ !
पर्बत, हुवाश - ३

No comments:

Post a Comment