Pages

Saturday, July 28, 2012

दोस यो नजर को तिमिलाई हेर्ने रहर मेरो !


दोस यो नजर को तिमिलाई हेर्ने रहर मेरो
तिम्रो मिठो अधर को बयान गर्ने रहर मेरो ।

मनको दैलो मेरै लागि खोली देउन सानु
तिम्रो बैसालु यौबन लाई भर्ने रहर मेरो ।

फुल सरी फुल्दैछौ तिमी बगैचामा जताततै
भमरा नई सहि त्यही चर्ने रहर मेरो ।

डुब्दै छू म तिमी बिना छैन कुनै बाटो
साहारा देउ तिमी संगै नदि तर्ने रहर मेरो ।

बयान तिम्रो म के गरु छैन कुनै शब्दहरू
पिरतीको यस्तो एउटा बिउ छर्ने रहर मेरो ।

रेशम श्रेष्ठ ।
हुवाश- ३, पर्बत

No comments:

Post a Comment