Pages

Sunday, July 29, 2012

किन मनमा तिम्रै याद आउछ यती धेरै !!


किन मनमा तिम्रै याद आउछ यती धेरै
किन मनले तिम्रै गित गाउछ यती धेरै ।

कती खुल्ला छ यो आकाश अनी धर्ती पनी
यो मन किन तिमी सँगै धाउछ यती धेरै ।

हजारौ हुन्छन फुलहरु फुल्छन बगैचामा
एउटै फुल मनमा तिमी किन छाउछ यती धेरै ।

दिन्छन माया सबैले लिन्छन छानी छानी
चाहेजती के छ तिमीमा यो मनले पाउछ यती धेरै ।

पलपल मै प्यास लाग्छ न्यानो तिम्रो मायाको
बुझ्नै सक्दिन तिम्रै माया किन लाउछ यती धेरै ।

रेशम श्रेष्ठ ।
हुवाश- ३, पर्बत

No comments:

Post a Comment