Pages

Sunday, September 9, 2012

कोहि हुन्छन् यहाँ आफ्नै नामको पछि

कोहि हुन्छन् यहाँ आफ्नै नामको पछि
कोही हुन्छन् यहाँ आफ्नै कामको पछि ।

गर्छन् दुनियाँ सबै तैछाड मैछाड
हुन्छन् त केबल उही दामको पछि ।

पिर छ सबैलाई बाच्ने हो कसरी
लाग्छन उही दुइछाक मामको पछि ।

पुग्ने रहर छ सबैको मरेर स्वर्ग
धाउछन मन्दिर चार धामको पछि ।

भेटिएन यहाँ राम्रो सोच कसैमा
हिड्छन अनायसै चक्काजामको पछि ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

No comments:

Post a Comment