Pages

Sunday, September 9, 2012

बुझ्नु पर्छ एक्दिन हामी मर्नु पर्छ भनी

बुझ्नु पर्छ एक्दिन हामी मर्नु पर्छ भनी
बाचेर केही राम्रो काम गर्नु पर्छ भनी ।

सोच्छन सबै लडाईं आँफैले जित्नु पर्छ
बुझौ जित हुन्न सधैं तल झर्नु पर्छ भनी ।

नदी जस्तै जिबन बग्छ फर्किदैन कहीलेइ
नबिर्सनु जिन्दगीमा कैयौ खोला तर्नु पर्छ भनी ।

बुझे हुन्थ्यो सबैले गरौ काम नमेटिने
फूलको जस्तो मिठो सुभाश छर्नु पर्छ भनी ।

लोभी मनको भकारी भरिदैन कहिले पनि
जानौ राम्रो सोच बिचारलेनै भर्नु पर्छ भनी ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

No comments:

Post a Comment