Pages

Wednesday, October 31, 2012

यो मन नै बहलाउने पहरको दोश हो कि

यो मन नै बहलाउने पहरको दोश हो कि
तिमीमा डुब्ने नशालु नजरको दोश हो कि ।

समय नै कस्तो कठिन भइरहेछ आजकल
मायालुलाई अङाल्ने यो रहरको दोश हो कि ।

सकिदैन यहाँ सम्झाउन कोही कसैलाई
पुराना ति सस्कार मेट्ने शहरको दोश हो कि ।

खोला-नाला डाँडा पाखा बिर्सिए सबैले
आधुनिक्ता छाइदिने त्यही नहरको दोश हो कि ।

पर्देसमै धन छ सोच्छ सबै यो दुनियाँ
बिदेशिको गुलाम हुने लहरको दोश हो कि ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

No comments:

Post a Comment