Pages

Saturday, November 3, 2012

यो संसार देखेरनै सिक्दैछु म

यो संसार देखेरनै सिक्दैछु म
गजलहरू लेखेरनै सिक्दैछु म ।

जिन्दगीमा रमाउने रहर मेरो
सबै पिडाहरू छेकेरनै सिक्दैछु म ।

जब तिम्रो साथ छुटेर गयो
सबैसँग लखेटिएरनै सिक्दैछु म ।

सजाएका तिम्रै नामका पानाहरू
बिबस मनबाट मेटेरनै सिक्दैछु म ।

कोशिश् मेरो माथि चढ्ने धेरै
फसेछु दल्दलमा टेकेरनै सिक्दैछु म ।

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत ।

No comments:

Post a Comment