Pages

Friday, February 22, 2013

हिड्दाहिड्दैको बाटो छुटेपछी त थाहा पाए


हिड्दाहिड्दैको बाटो छुटेपछी त थाहा पाए
आफ्नैले आँफैलाई लुटेपछी त थाहा पाए ।

सोच्नै सकिन बिगतका ति दिनहरुमा
समस्याहरु सबै जुटेपछी त थाहा पाए ।

थाहै थिएन यो दुनियाको चलन पनि
स्वार्थी भएर सबैले भुटेपछी त थाहा पाए ।

शायद समयले आँफै सिकाउने रहेछ कि
आशाहरु यो मनको टुटेपछी त थाहा पाए ।

मरिसकेछन नफक्रदै पालुवा यि मनका
आधी हुरी अशिनाले चुटेपछी त थाहा पाए ।

रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत ।

No comments:

Post a Comment