Pages

Saturday, August 17, 2013

साथ् दुनियाको छुटेर थाहा पाए

साथ् दुनियाको छुटेर थाहा पाए
डोरी जिन्दगीको चुडेर थाहा पाए !

छुटिसकेछु आफै म नपुगी गन्तब्य
सपनाहरु सिसासरी फुटेर थाहा पाए !

पानाहरु भरिएछन अहिले थाहै भएन
जीवनका कथाहरु जुटेर थाहा पाए !

लुटिएछ यो दिल पनि कता हो कता
मायाकै नाममा मुटु टुटेर थाहा पाए !

खोज्दा खोज्दै जिन्दगीको बाटो यहाँ
बिचैमा काडाहरु उठेर थाहा पाए !

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत 

No comments:

Post a Comment