Pages

Sunday, August 18, 2013

जिन्दगीको भर अब गरु कसरि

जिन्दगीको भर अब गरु कसरि
छट्पटिदै पलपलमा मरु कसरि !

खोला जस्तै यो जिन्दगी बगिरहेछ
समयको आधिबेहेरीमा परु कसरि  !

खडेरी र बर्खे भेल कति आए जिबनमा
सोच्दैछु बिसाल समुन्द्र तरु कसरि !

बुझिदिने कोहि छैन यी मनका व्यथाहरु
सबैको मनमा प्रकास बनि छरु कसरि  !

उजाड अनि उदास बन्दै बस्नु कति बेर
चढेर सिखरमा फेरी तल झरु कसरि !

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत

No comments:

Post a Comment