Monday, July 30, 2012

आँप फलको राजा !!


आँप -  आँपलाई फलको राजा भनिन्छ । शास्त्रमा यसलाई अमृत फल समेत भनिएको छ । यो काँचो वा पाकेको दुवैमा औषधीय गुण हुन्छ । आँपमा थुप्रै क्यालोरी हुन्छ।
आयुर्वेदको अनुसार आँपको पाँचै अंग अर्थात् छाला, जरा, पात, फल, फूल सबै काममा आउँछन् । पाकेको आँप गुलियो, वीर्य बढाउने, पौष्टिक, वायु नाशक, शरीरको कान्ति बढाउने, शीतल, पित्तनाशी, भोक बढाउने मानिन्छ । यसले मुटुलाई बलियो बनाउनुको साथै पित्तलाई नियन्त्रणमा ल्याउने समेत मानिन्छ । आँपको रस भने बल दिने, वायुनाशक, मुटुलाई तृप्त गर्ने र कफ वर्द्धक मानिन्छ ।
पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फास्फोरसण्, फलाम, भिटामिन 'ए', 'सी' र 'बी' लगायत हुन्छ । पाकेको आँप पोषक, शक्तिवर्द्धक र बोसो बढाउने खालको मानिन्छ । आँपको मुख्य घटक चिनी -सुक्रोज) हो जो विभिन्न फलमा ११ देखि २० प्रतिशतसम्म विद्यमान रहन्छ । यसमा पाइने मुख्यतः चिनी आँपको खान योग्य खण्डको ६.७८ देखि १६.९९ प्रतिशतसम्म हुन्छ । ग्लुकोज र अन्य सर्करा भने १.५३ देखि ६.१४ प्रतिशतसम्म हुन्छ ।
यसमा टार्टरिक र मेलिक अम्ल समेत पाइन्छ । साइटि्रक अम्ल भने अल्प मात्रामा रहन्छ । यो अम्लको शरीरद्वारा उपयोग गरिन्छ र यो शरीरमा क्षारीय सञ्चय कायम राख्नमा सहयोगी हुन्छन् ।
आँपको अन्य घटकमा प्रोटिन ९.६, बोसो ०.१, खनिज पदार्थ ०.३, रेसा १.१, फास्फोरस ०.०२ र फलाम ०.३ प्रतिशत रहन्छ ।
करिब ८६ प्रतिशत ओस (नमी) को मात्रा रहने आँपको एक सय ग्राममा औसत ऊर्जा करिब ९० क्यालोरीसम्म हुन्छ ।
वैज्ञानिकहरूले आँप खानाले स्तन क्यान्सरबाट बचाउ हुने समेत जनाएका छन् । टेक्सास एगि्रलाइफ रिसर्च फुडको वैज्ञानिकहरूले आपनो अनुसन्धानमा यसलाई अन्य फलहरूको दाँजोमा स्तन क्यान्सरबाट बचाउ गर्नमा बढी फायदाकारी मानेका छन्  । यस्तै आँपले छालाको च्याउरी रोक्न समेत प्रभावकारी मानिन्छ ।

प्रकाशित मिति: २०६९ श्रावण १३ ०९:२८
Copy Right : Kantipur

No comments:

फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"