Friday, August 9, 2013

खाएका ति बाचा कसम नबिर्सनु है सानु

खाएका ति बाचा कसम नबिर्सनु है सानु
लाएका ति मिठो माया नबिर्सनु है सानु !
फुलाउनु फलाउनु छ तिम्रो मेरो दुनियालाई
बिताएका ति मिठा पलहरु नबिर्सनु है सानु !

रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत 

Monday, August 5, 2013

रूबाइयात - दिलभित्र नै बसाएर भाग्न नखोज

दिलभित्र नै बसाएर भाग्न नखोज
बीच बाटोमै फसाएर भाग्न नखोज !
अडेको छ दुनिया यो मायामा नै
भिर बाटै खसाएर भाग्न नखोज !

रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत

Sunday, August 4, 2013

रूबाइयात - यो जिबनमा रमाउन धेरै गाह्रो भो

यो जिबनमा रमाउन धेरै गाह्रो भो
रमाउन भन्दानि कमाउन धेरै गाह्रो भो !
जानु छ यो संसार छोडेर एकदिन
छोड्नु अघि समाउन धेरै गाह्रो भो !

रेशम श्रेष्ठ,
पर्वत हुवाश-३ 
फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"