Saturday, February 23, 2013

तिम्रो साथ् हुँदाको कुरा बेग्लै छ


तिम्रो साथ् हुँदाको कुरा बेग्लै छ
तिम्रै बाहुमा रुदाको कुरा बेग्लै छ ।

दुरी हाम्रो बड्दै गएपछि टाढा
पीडाले मुटु छुदाको कुरा बेग्लै छ ।

याद् आउछ धेरै त्येइ मिठो पलको
रोएरै आसुले धुदाको कुरा बेग्लै छ ।

भगवान पनि अब खोज्नु पर्ने भो
मनमा हुने खुदाको कुरा बेग्लै छ ।

रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत ।


Friday, February 22, 2013

हिड्दाहिड्दैको बाटो छुटेपछी त थाहा पाए


हिड्दाहिड्दैको बाटो छुटेपछी त थाहा पाए
आफ्नैले आँफैलाई लुटेपछी त थाहा पाए ।

सोच्नै सकिन बिगतका ति दिनहरुमा
समस्याहरु सबै जुटेपछी त थाहा पाए ।

थाहै थिएन यो दुनियाको चलन पनि
स्वार्थी भएर सबैले भुटेपछी त थाहा पाए ।

शायद समयले आँफै सिकाउने रहेछ कि
आशाहरु यो मनको टुटेपछी त थाहा पाए ।

मरिसकेछन नफक्रदै पालुवा यि मनका
आधी हुरी अशिनाले चुटेपछी त थाहा पाए ।

रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत ।

Tuesday, February 19, 2013

सधैं कति बाच्ने खै पिडाको गीत गाएर

सधैं कति बाच्ने खै पिडाको गीत गाएर
माया के को लाउनु ब्यर्थैमा पछि धाएर ।

मनभरी कल्पना अनी सपना बुन्दै
नमेटिने मायाको त्येइ भोक लाएर ।

मनको चाहना खै पुरा होला कहीले
हरपलमा तिमिलाई साथमा पाएर ।

कति लेख्नु यो मनको पीडाहरू सधैं
गाह्रो भइरहेछ सम्हाल्नै मनमा आएर ।

के यो जिन्दगी मेरो मात्रै यस्तो होकि
भएन खै पुरा कहीले मनले चाएर ।

रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत ।

Monday, February 18, 2013

तिमिलाइनै यो मनले चाहेर त रोजे

तिमिलाइनै यो मनले चाहेर, त रोजे
हर सपनिमा तिमिनै धाएर, त रोजे ।

सयेउ हजारौं थिए मेरो नजरमा पनि
तिमिसंगै दिलले माया लाएर, त रोजे ।

कहाँ सकिन्छ र यहाँ एकलै जिउनलाई
तिम्रै त्यही न्यानो साथ् पाएर, त रोजे ।

मिठो लाग्दैछ झन्झन् यो माया कस्तो
नअघाउने कहीले पनि खाएर, त रोजे ।

साथ मायालुको भएर त बाच्ने मन हुन्छ
ढुक्ढुकीमा जहिलेसुकै आएर, त रोजे ।

बस्नै गाह्रो एकछिन पनि बिना तिम्रो याद
तनभरी मनभरी जताततै छाएर, त रोजे ।

रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत

Sunday, February 17, 2013

एक्लो यो जिन्दगीमा धेरै जिउनु किन

एक्लो यो जिन्दगीमा धेरै जिउनु किन
मनभरी चोट बोकी बेचैन हुनु किन ।

सूख भन्दा दु:ख नै रहेछ् जिन्दगीमा
बिना अर्थ एकान्तमा सम्झि रुनु किन ।

पिडानै प्यारो लाग्न थाल्यो अब त
ब्यर्थै यहाँ आसुले सिरानी धुनु किन ।

सोच्दैछु आजकल् त अनेकौ कुराहरु
अनायसै मनको बह कहनु किन  ।

रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत
फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"