
आफ्नै दु:ख पीडाहरू खोल्छ कहिलेकाही ।
धाए जिन्दगीको कैयौ उकाली ओरालीहरु
आगो बिनानै मुटु यो पोल्छ कहिलेकाही ।
रहर जाग्छ यो मनमा नयाँ केही गरौ भनि
मनले मेरै कुनाकुना खोतल्छ कहिलेकाही ।
मूल्य कहाँ छ कति छ खै यो जिन्दगीको
सोध्छ खोज्छ आफैमा घोल्छ कहिलेकाही !
रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत ।