
आफ्नै मान्छेहरु पराइ भएपछी गर्नु के छ र
मनभित्र सबैको खोट रहेपछि गर्नु के छ र !
नपुरिने रहेछ कहिलेपनि यो खाडल दुखको
भित्रभित्रै आगो लाग्दै गएपछि, गर्नु के छ र !
खै कसरि लड्नु यहाँ अब यत्रो दुनियासंग
आफ्नाले नै सबै खुसि हरेपछि, गर्नु के छ र !
स्वार्थी पनि कति छन् कति बुझ्नु कसरि
पिडा मात्रै जताततै थपेपछि, गर्नु के छ र !
हुदैछन रहरहरु अधुरो जिन्दगीमा रमाउने
मात्र पिर व्यथाको बिउ छरेपछि, गर्नु के छ र !
रेशम श्रेष्ठ
पर्बत, हुवाश-३ !