सबैलाई आफै अघि जाने हतार छ यो दुनियाको

पिडा भोग्नेले भोगेकै छन् जे जसो गर्न खोजेपनि
निमुखालाई सधै देख्छु अत्याचार छ यो दुनियाको !
नियम कानुन लाग्ने रहेछ सोझा साझालाई मात्रै
डन भनाउदाको ताजा समाचार छ यो दुनियाको !
पाउनै गार्हो छ आजकल त इमान्दारिता कसैमा
जसरि भएनि बलेकै ताप्ने व्यवहार छ यो दुनियाको
राम्रो नराम्रो छुट्टाउने अधिकार हुनुपर्ने हो सबैमा
आफ्नै कुरा सबै सहि भन्ने चमत्कार छ यो दुनियाको !
रेशम श्रेष्ठ
हुवाश-३, पर्वत !