Tuesday, May 22, 2012

तिमि ...स्पेसल ...


मेरो जिन्दगि को पाना भर्ने तिमि
टुटेका मेरा सपना पुरा गर्ने तिमि !

आउछौ हरपल दु:ख सूखमा मेरो
मनको फूलबारीमा बिउ छर्ने तिमी !

अनिश्चित यात्राको गन्तब्यमा पनि
पिडा पर्दा मेरै आफ्नो दु:ख हर्ने तिमी !

कही कतै अबिस्वाश ले बाटो घेरिदिदा
हुन्छौ साहारा अनी बिस्वाश गर्ने तिमी !

खुला यो आकासमा छन् तारा अनगिन्ती
बनी एउटै तारा मेरो मनमा सर्ने तिमि !

भएर मेरो निरासा हरुमा भरोसा
जिन्दगीमा सँगसंगै नदि तर्ने तिमी !

रेशम श्रेष्ठ !
पर्बत, हुवाश - ३

No comments:

फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"