किनेर ज्ञान पाउनु कसरी
मागेर खुशी छाउनु कसरी ।
माया कस्तो अनमोल रहेछ्
आसु पिएर पिरती लाउनु कसरी ।
भन्छन गाउनुपर्छ मनको बह पोख्नुपर्छ
खुशी छैन मनमा गाउनु कसरी ।
बाटो कुर्दै थ्ये तिमी आउछौकी भनि
चौतारीमा बस्न मात्रै धाउनु कसरी ।
कल्पेर बित्दैछन दिनहरू मेरा
थकित भैसकेछु अब आउनु कसरी ।
रेशम श्रेष्ठ
हुवाश-३, पर्वत ।
माया कस्तो अनमोल रहेछ्
आसु पिएर पिरती लाउनु कसरी ।
भन्छन गाउनुपर्छ मनको बह पोख्नुपर्छ
खुशी छैन मनमा गाउनु कसरी ।
बाटो कुर्दै थ्ये तिमी आउछौकी भनि
चौतारीमा बस्न मात्रै धाउनु कसरी ।
कल्पेर बित्दैछन दिनहरू मेरा
थकित भैसकेछु अब आउनु कसरी ।
रेशम श्रेष्ठ
हुवाश-३, पर्वत ।