
जिन्दगीको मेरो आफ्नै कथा भित्र
मुटु भित्रै बसिदिने मिठो भुल बन्नु तिमी !
मन भित्रको आफ्नै रचना जस्तै
मुटु छुने भाबना को हुल बन्नु तिमी !
अलमल पर्दा कहिँ कतै यात्री यो जिन्दगीको
नदि तर्ने मेरो एउटा पुल बन्नु तिमी !
हिड्दा कतै दुख सुखको सहयात्रामा
घरको मेरो आफ्नै कुल बन्नु तिमी !
रेशम श्रेष्ठ !
पर्बत, हुवाश-३