जिबन भरी तिम्रै लागि हास्न मन लाग्यो !

बनेपछी धड्कन तिमीनै मेरो ढुकढुकीको
मलाई पनि तिमि संगै बाँच्न मन लाग्यो !
मेरो गितको संगीत अनी सुर तिमी भएपछी
मलाई तिम्रै समिप्यमा नाच्न मन लाग्यो !
मेरो हरपलको कल्पनामा तिम्रै याद बढेपछी
जोड्ने डोरी तिमि संगै गास्न मन लाग्यो ।
मानेपछी मनले नै सहायात्री जिन्दगीको
फोटो तिम्रो मनकै भित्तामा टास्न मन लाग्यो ।
अनि बनाउन मन लाग्यो ...
'संघर्स अनि जिबनको एउटा संगम'।
रेशम श्रेष्ठ !
पर्बत, हुवास-३