मिठो माया कती अझै गाँस्न बाँकी छ

मान्छे मान्छे मा फरक के नै छ र
भन्छन जातभात् अझै जाँच्न बाँकी छ ।
उहि हो धर्ति अनि आकाश सबैको
खुलमखुल्ला रमाइ अझै नाच्न बाँकी छ ।
सुरमा सुर मिलाएपछी आउछ रे मज्जा
साथमा उनकै मर्काइ कम्मर भाँच्न बाँकि छ ।
अमर हुन्छ साथ् भन्छन साँचो माया गर्नेहरू
मिलन हाम्रो जुनीजुनीलाई साँच्न बाँकि छ ।
रेशम श्रेष्ठ !
हुवाश - ३, पर्बत