Thursday, December 5, 2013

ल्यापटप र मोवाइल हराएमा यसरी खोजौं

#काठमाडौ, मंसिर २० – मोबाइल र ल्यापटप अहिलेको व्यस्त अनि आधुनिक जीवनको अपरिहार्य नै बनेको छ । मोबाइल र ल्यापटपविना हिजोआज धेरै काम गर्न कठिन हुन्छ ।
यदि त्यही अत्यावश्यकीय कुरा हरायो वा चोरी भयो भने पैसा मात्रै होइन त्यसभित्र राखिएका थुप्रै सूचना, सम्पर्क नम्बर तथा आफ्ना प्रोजेक्टहरु पनि गुमाउनुपर्ने हुन्छ । तर चिन्ता नलिनुस्, यी एप्लिकेसन तथा सफ्टवेयर तपाइँले आफ्नो मोबाइल तथा ल्यापटपमा राख्नुभयो भने तपाइँले सजिलै हराएका मोबाइल तथा ल्यापटप फिर्ता पाउन सक्नुहुन्छ ।
विन्डोज ल्यापटप प्रयोगकर्ताले लोकेट माई ल्यापटप नामक सफ्टवेयर locatemylaptop.com  बाट निशुल्क डाउनलोड गर्न सक्छन् । यसले गुगल म्यापको माध्यमबाट ल्यापटपलाई लोकेट गरिदिन्छ र तपाइँको हराएको ल्यापटप कहाँ प्रयोग भैरहेको छ भन्ने जानकारी दिन्छ । यस्तै www.lalarm.com  बाट एलआर्लाम पनि फ्रिमा पाउनसक्नुहुन्छ । यदि तपाइँको ल्यापटप लक भयो वा ल्यापटपबाट कुनै पावर कार्ड वा युएसबी फ्ल्यास ड्राइभ हटाइयो भने आलार्म बज्ने गर्दछ ।

Tuesday, October 22, 2013

सासु आमालाई बुहारीले फुरुक्कै पार्ने ९ सुत्र

हाम्रो समाज तथा संस्कारमा सासु आमालाई मिल्नै नसक्ने जात पनि भनिन्छ । परम्परावादी समाजमा धेरै हदसम्म यो लागु पनि हुन्छ । सासुको शक्ति छँदासम्म बुहारीलाई निकै हेप्ने र बुहारीको पालो आएपछि सासुलाई साटो फेर्र्ने चलन हुन्छ । तर घर परिवारलाई सफल, शान्त तथा सुलक्षणयुक्त बनाउन भने सासु बुहारीको सम्बन्ध सुमधुर हुनुपर्छ । यसका लागि सासु र बुहारी दुबैले भूमिका खेल्नर्पर्छ ।

वास्तवमा छोराको बिहे भैसकेपछि जो कोही आमाको मनमा एउटा सन्देह हुन्छ कि छोरा अब बुहारीको भयो, मेरो मतलब गर्दैन, बुहारीकै कुरा सुन्छ । त्यसकारण पनि आमाको छोरा बुहारीप्रति एउटा आशंका वा पर्वाग्रह रहन्छ । यो शास्वत सत्यलाई छोरा बुहारीले मनन गर्दै त्यस्तो आशंका दूर गर्ने र आमालाई भरपूर माया गर्ने गर्नुपर्छ र कुरा बुझाउने प्रयास गर्नुपर्छ । यसमा बुहारीको ठूलो हात हुन्छ । सासुलाई खुसी पार्नका लागि बुहारीहरुले अपनाउनुपर्ने १० काइदा यस्ता छन् 

Sunday, September 29, 2013

आज धेरै पिडा बढ्दैछ मनमा

आजभोलि धेरै पिडा बढ्दैछ मनमा
कुराहरु भित्रभित्रै चल्दैछ मनमा !
दुनियामा विश्वास कसैमा नरहेपछि
आफ्नै को झुठ्ले नै छ्ल्दैछ मनमा !

रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत !

Thursday, September 26, 2013

जिन्दगि यो के रहेछ बुझ्नै सकिन

जिन्दगि यो के रहेछ बुझ्नै सकिन
एकोहोरो किन भएछ बुझ्नै सकिन !
मान्छेहरु सबै लाग्दैछन नामकै पछि
कति धेरै स्वार्थमा अडेछ बुझ्नै सकिन !

रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत

Sunday, September 22, 2013

जिन्दगिमा हास्ने मन कसको हुदैन र

जिन्दगिमा हास्ने मन कसको हुदैन र
हासेर नै बाच्ने मन कसको हुदैन र !

दुइ दिनको जिन्दगि यो गर्नु के को पिर
जिबन सधै साच्ने मन कसको हुदैन र !

मै खाउ मै लाउ भन्छन सबै यहाँ
रमाई रमाई नाच्ने मन कसको हुदैन र !

हास्नु छ नाच्नु छ दुइदिन बाचुन्जेल
मिठो साइनो गास्ने मन कसको हुदैन र !

रेशम श्रेष्ठ,
हुवाश-३, पर्वत 

Wednesday, September 4, 2013

तिम्रै त्यो मिठो मुस्कान हेरेर रमाउदै छु

तिम्रै त्यो मिठो मुस्कान हेरेर रमाउदै छु
मुस्कानकै दुइ शब्द केरेर रमाउदै छु !
जिबन जिउने एउटा आधार बन्दैछ मेरो
आएर यादहरु चारैतिर घेरेर रमाउदै छु !

रेशम श्रेष्ठ,
हुवाश-३, पर्वत

रोएपनि पिडा कम हुदैन त रुनुको अर्थ के
सहारा मिल्दैन कसैको त हुनुको अर्थ के !
दाग लागिसकेछ मनमै नमेटिने गहिरो
पटक पटक आशु बगाएर धुनुको अर्थ के !

रेशम श्रेष्ठ,
हुवाश-३, पर्वत

Monday, August 26, 2013

मेरो कथा !

खै कहाँ बाट सुरु गरौ यो जिन्दगीको एउटा कथा म आफैलाई थाहा छैन, यो जिबन नै कता कता ढुंगामा ठोकिए जस्तो लाग्छ आगाडी बड्न खोज्छन यी पाइलाहरु अनि बिचैमा रोकिए जस्तो लाग्छ के गर्ने कसो गर्ने आफैलाई थाहा हुदैन यो मनको उथलपुथल ले आफैलाई कता कता यो दुनियामा हराए जस्तो लाग्छ आफैलाई आफै भित्र खोज्ने प्रयास गर्छु यो संसारको रित नै यस्तै भएर हो कि लाखौ कोसिसले पनि एक खुसि किन्न नसकिने रहेछ भन्ने कुरा आजका दिनमा आएर बुझ्दैछु अनि यस्तै एउटा कथा मेरो आफ्नै कथा कहिलेकाही एक्लै रोएको हुन्छु अनि हास्ने कोसिस गरेको हुन्छु हजारौ पीडाहरु पन्छ्याउने कोसिस गर्छु त्येइ एकपलको हासोको लागि सायद यो जिबन नै हासो र रुवाई बिचको संगम भएर होकी रुदारुदै पनि हासेको अभिनय गर्नुपर्ने रहेछ अनि सयौ दिनको बिछोड पछि त्येइ एक दिनको मिलनको पर्तिक्ष्या गर्दै दिन काटिरहेको अवस्थाका ति क्षणहरु सायद कस्तो हुन्छ त्यो जिन्दगीको एउटा मोड जो कसैलाई थाहा हुन्छ नै जसले यस्ता मैले जस्ता पिडाहरु भोगिरहनु भएको छ एउटा मेरो कथा जो संग कयौ त्येस्ता व्यक्तिहरुको कथा पनि जोडिएको हुन सक्छ यो एउटा मेरो प्रयास हो र जुन कुरा मेरो जिन्दगीको पानामा रहिरहनेछ आफ्नै जिन्दगीको चोट कस्तो हुन्छ व्यथा कस्तो हुन्छ एउटा परिवारबिनाको जिन्दगि जिउने एउटा प्रदेशी जो कयौ वर्ष प्रदेशमै बिताएको हुन्छ मनभरि पिडा लुकाएर आफ्नै परिवारको खुसि किन्ने कोसिसमा रहेको एउटा कथा आखिर त्यो कथा एउटा मेरै कथा लेख्दै जसले कोहि कसैको आसमा बाच्न जानेको छैन केवल बाचेको छ त आफ्नै पौरख र स्वाभिमान मा बाचेको छ र त्येसरी बाच्नुमा नै गौरवान्वित ठान्दछ ! सुरु गर्दै

Sunday, August 25, 2013

जिबनमा सधै कहाँ बाचिन्छ र

जिबनमा सधै कहाँ बाचिन्छ र
साचेर नि यहाँ के नै साचिन्छ र !

जानु छ एकदिन यो दुनियाबाट
बिचैमा भाच्दैमा के भाचिन्छ र !

आफैमा धमिलो,अमिलो भएपछी
पिर व्यथामा पनि के नाचिन्छ र !

सन्तोषको सास फेर्न नसक्दा
जबरजस्ती कसरि हासिन्छ र !

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत

Wednesday, August 21, 2013

प्रियसीका यादहरु आउदा पनि मिठो

प्रियसीका यादहरु आउदा पनि मिठो
प्रेमका गीतहरु गाउदा पनि मिठो !

याद उनको जतिखेरै आउछ यो मनमा
सम्झियर बाडुलि लाउदा पनि मिठो !

भेट्ने मन त अनगिन्ति छन् धेरै धेरै
टाडै बाट दुइ शब्द पाउदा पनि मिठो !

उनकै निम्ति बाच्न पाए खुसि हुन्छु म त
जिन्दगि नै उनीसंगै धाउदा पनि मिठो !

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत

Sunday, August 18, 2013

जिन्दगीको भर अब गरु कसरि

जिन्दगीको भर अब गरु कसरि
छट्पटिदै पलपलमा मरु कसरि !

खोला जस्तै यो जिन्दगी बगिरहेछ
समयको आधिबेहेरीमा परु कसरि  !

खडेरी र बर्खे भेल कति आए जिबनमा
सोच्दैछु बिसाल समुन्द्र तरु कसरि !

बुझिदिने कोहि छैन यी मनका व्यथाहरु
सबैको मनमा प्रकास बनि छरु कसरि  !

उजाड अनि उदास बन्दै बस्नु कति बेर
चढेर सिखरमा फेरी तल झरु कसरि !

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत

Saturday, August 17, 2013

साथ् दुनियाको छुटेर थाहा पाए

साथ् दुनियाको छुटेर थाहा पाए
डोरी जिन्दगीको चुडेर थाहा पाए !

छुटिसकेछु आफै म नपुगी गन्तब्य
सपनाहरु सिसासरी फुटेर थाहा पाए !

पानाहरु भरिएछन अहिले थाहै भएन
जीवनका कथाहरु जुटेर थाहा पाए !

लुटिएछ यो दिल पनि कता हो कता
मायाकै नाममा मुटु टुटेर थाहा पाए !

खोज्दा खोज्दै जिन्दगीको बाटो यहाँ
बिचैमा काडाहरु उठेर थाहा पाए !

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत 

Friday, August 9, 2013

खाएका ति बाचा कसम नबिर्सनु है सानु

खाएका ति बाचा कसम नबिर्सनु है सानु
लाएका ति मिठो माया नबिर्सनु है सानु !
फुलाउनु फलाउनु छ तिम्रो मेरो दुनियालाई
बिताएका ति मिठा पलहरु नबिर्सनु है सानु !

रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत 

Monday, August 5, 2013

रूबाइयात - दिलभित्र नै बसाएर भाग्न नखोज

दिलभित्र नै बसाएर भाग्न नखोज
बीच बाटोमै फसाएर भाग्न नखोज !
अडेको छ दुनिया यो मायामा नै
भिर बाटै खसाएर भाग्न नखोज !

रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत

Sunday, August 4, 2013

रूबाइयात - यो जिबनमा रमाउन धेरै गाह्रो भो

यो जिबनमा रमाउन धेरै गाह्रो भो
रमाउन भन्दानि कमाउन धेरै गाह्रो भो !
जानु छ यो संसार छोडेर एकदिन
छोड्नु अघि समाउन धेरै गाह्रो भो !

रेशम श्रेष्ठ,
पर्वत हुवाश-३ 

Friday, August 2, 2013

रूबाइयात

दुख जति सबै अब पिउन थालेछु
पिउदा पिउदै अब त जिउन थालेछु !
यो दिल ठाउँ ठाउँमै फ़ाट्न थालेपछि
टुक्रा टुक्रा जोडेरनै  सिउन थालेछु !

रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत

दुख संगै जिउन मैले जानी सकेछु
संघर्स हो जिबन भनि मानी सकेछु !
उकाली ओराली हरु धेरै भेटे यहाँ
साहारा जिबनको आफै छानी सकेछु !

रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत

सङ्कै लाग्छ उनको बसाइ सराई भयो कि

शंकै लाग्छ कतै  बसाइ सराई पो भयो कि
धेरै भो छैन भेटघाट अब त पराई पो भयो कि !

सायद राम्रो संग हुर्कनै पाएनन ति पालुवाहरु
मलजल बिनानै बाझोमा छराई पो भयो कि !

मैले छोड्दा त त्यहाँ पहाड नै थियो हजुर
अहिले उकाली हराएर सबै तराई पो भयो कि !

भन्छन बर्खा लाग्यो बाढि पहिरो आयो रे
बाचे पनि कतै भोकभोकै मराई पो भयो कि !

मान्छेमा माया, प्रेम र इज्जत हराएपछि
त्यो ज्यानको पनि मोल मोलाई पो भयो कि !

रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत

Thursday, August 1, 2013

दुख संगै जिउन मैले जानी सकेछु


दुख संगै जिउन मैले जानी सकेछु
संघर्स हो जिबन भनि मानी सकेछु !

उकाली ओराली हरु धेरै भेटे यहाँ
साहारा जिबनको आफै छानी सकेछु !

भन्छन चरेस खानु हरेस नखानु
हार्न नहुने छ जिबन ठानी सकेछु !

रमाउनु पर्छ रे दुइ दिने जिबनमा
अनुभब को चुस्की धेरै तानी सकेछु !

रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत 

Friday, July 26, 2013

रूबाइयात

जिन्दगीले पाठ पक्कै पढाउछ
विश्वासले संसार पक्कै अडाउछ !
आस्था मनमा यदि हुन्छ भने
ढुंगामै सहि फुल पक्कै चढाउछ !!

रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत 

Thursday, July 25, 2013

जिबनले किनारा खोजेर हो कि

जिबनले किनारा खोजेर हो कि
तिम्रै आगमन लाइ रोजेर हो कि !

आतुर भैसकेछु साथ् पाउनलाइ
त्यो मनले यो मन जोडेर हो कि !

ध्यान अन्त कतै जादैन आजकल
मायाको डोरीले त्यतै मोडेर हो कि

बाचेकै छु यो मुटु छिया परेर पनि
मायाको आभाष अझै छोडेर हो कि !

रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत !

Wednesday, July 24, 2013

प्रिय तिम्रो सम्झना नै मिठो लाग्छ मलाई त

प्रिय तिम्रो सम्झना नै मिठो लाग्छ मलाई त
हरपल तिम्रो कल्पना नै मिठो लाग्छ मलाई त !

यादहरु नि कति छन् कति मेरो यो मनभरी
पल्पल्मै तिम्रो तिर्सना मिठो लाग्छ मलाई त !!

दिन मेरो जादैछ प्रिय यसै तिम्रो यादहरुमा
तिम्रै मायाको यातना मिठो लाग्छ मलाई त !!!

रेशम श्रेष्ठ,
हुवाश-३, पर्वत !

रूबाइयात - मुक्तक

यो माया कस्तो बेचैन बनाउछ
नभेट्दा एकछिन धेरै सताउछ
सन्देस उनलाई के पठाऊ भन्दै
धेरै नै मनमा तरङ्ग उठाउछ !!

मलाई सताएर जाने कोसिस नगर
सिहाशनमा बसाएर जाने कोसिस नगर
म त तिमीबिना अपुरो-अधुरो भैसकेछु
बिचैमा फसाएर जाने कोसिस नगर !!

त्येही पुरानो बाटो आउनेछु म
निश्चल उमंगको गित गाउनेछु म
धेरै भैसक्यो खोजेको तिमीलाई
अब समिपमै तिम्रो पाउनेछु म !!

Tuesday, July 16, 2013

उदघोसण गर्ने तरिका

आदरणिय उपस्थित प्रवासी नेपाली दाजुभाई दिदि बहिनी तथा बिभिन्न संघ संस्थाबाट पाल्नु हुने प्रतिनिधित्व अनि पत्रकार साथी भाईमा म यस कार्यक्रम संचालकको हैसियतबाट स्वागत तथा हार्दिक अभिवादन टक्राउदै यस कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु कार्यक्रम निर्धारित समय भन्दा केहि ढिलो हुन गएकोमा म लगायत आयोजक कमिटी हजुरहरुको धैर्यधारण प्रती हार्दिक आभार प्रकट गर्दछौं । स्विकार्नु हुनेछ भन्ने पुर्ण भरोसा राख्दछौं । 
उद्घोषक : कुनै पनि कार्यक्रम संचालग गर्नु अघि सर्वप्रथम अध्यक्ष चयन गर्नु पर्ने हुदा आजको यस ..... को अध्यक्षता श्री ........ ले ग्रहण गर्नु हुने भएको छ कृपया आफ्ने सिटमा आसन ग्रहण गरिदिनुहुन र यस् कार्यक्रमलाई अगाडि बढाउनका लागि मलाई अनुमती दिनुहुुन पनि अनुरोध गर्दछु । आजका यस कार्यक्रममा शोभा बढाउन बिभिन्न स्थान बाट अतिथीहरु प्नि पाल्नु भएको छ स्वयंसेवकहरु द्धारा उहाहरुलाई व्याज बितरण साथै आसन ग्रहण को कार्यक्रम पनि शुरु हुन्छ । आशन ग्रहणको क्रममा म सर्वप्रथम आजका हाम्रा प्रमुख अतिथीको रुपमा आफ्नो आफ्नो मुल्य समय हाम्रो लागि प्रदान गर्नुहुने महामहिम श्री अर्जुन बहादुर थापा ज्यु लाई मण्चमा आशन ग्रहण गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु । साथै बिशेष अतिथी नेपालबाट पाल्नुहुने डाक्टर श्री धुर्व चन्द्र गौतम ज्युलाई आशन ग्रहण गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु । यसै गरि आशन ग्रहण को कार्यक्रम जारी नै रहने छ । 

Saturday, July 6, 2013

सबैलाई आफै अघि जाने हतार छ यो दुनियाको


सबैलाई आफै अघि जाने हतार छ यो दुनियाको
सोझा साझा ठगि खाने व्यापार छ यो दुनियाको !

पिडा भोग्नेले भोगेकै छन् जे जसो गर्न खोजेपनि
निमुखालाई सधै देख्छु अत्याचार छ यो दुनियाको !

नियम कानुन लाग्ने रहेछ सोझा साझालाई मात्रै
डन भनाउदाको ताजा समाचार छ यो दुनियाको !

पाउनै गार्हो छ आजकल त इमान्दारिता कसैमा
जसरि भएनि बलेकै ताप्ने व्यवहार छ यो दुनियाको

राम्रो नराम्रो छुट्टाउने अधिकार हुनुपर्ने हो सबैमा
आफ्नै कुरा सबै सहि भन्ने चमत्कार छ यो दुनियाको !

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत !

Monday, May 27, 2013

बेहाल यो जिन्दगीमा फर्केर थाहा पाए

बेहाल यो जिन्दगीमा फर्केर थाहा पाए
बहहरु मन भित्रका थर्केर थाहा पाए !

मुटुमेरो दुख्छ कहिलेकाही धेरै धेरै
सिसासरी जताततै चर्केर थाहा पाए !

स्वार्थी रैछ यो दुनिया आफैमा धेरै
आफ़्नैको नजर अन्तै मर्केर थाहा पाए !

सुख सन्तोस कहाँ रैछ खै यो जिबनमा
यो मन आफै आफैसंग झर्केर थाहा पाए !

आसु पनि रित्तिसक्यो छैन बग्नलाइ
भाबनानै एकोहोरो दर्केर थाहा पाए !

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत !

Monday, May 6, 2013

रिसाउनुपूर्व एकपटक सोचौं !

क्रोध मस्तिष्कमा उत्पन्न हुने एउटा आवेग हो। मस्तिष्कको संरचना नै यस्तो हुन्छ जसमा आवेग आइरहन्छ। आवेग दिमागमा दह्रो डेरा जमाएर बसेको हुन्छ र त्यो व्यक्तिको स्वभावको अङ्ग नै बनिसकेको हुन्छ। रिसको एउटै कारणका पछाडि दुई व्यक्तिका भिन्न-भिन्न प्रतिक्रिया हुन्छन्-कोही रिसले रातो-पिरो, भएर मर्ने-मार्नेसम्म उत्रन्छन् भने कोही त्यसलाई सरलताका साथ निवारण गर्छन्। यो भिन्नता व्यक्तिको मस्तिष्कमा बसेको संस्कारका कारण हो। मनको जटिलता पनि हाम्रो क्रोधी स्वभावको कारण हुनसक्छ। जब हाम्रो मस्तिष्क कुनै जटिलतामा अल्झन्छ, तब हामी त्यसको रिस अन्य व्यक्तिमाथि पोख्न खोज्छौं। रिसाउने अधिकांश कारण अत्यन्त सामान्य र साना हुन्छन्। कतिपय रिस त आधारहीन नै हुन्छन्। बिनाकारण पनि हाम्रो मस्तिष्कमा रिस आएर बस्न सक्छ। रिसका बेलामा राम्रो कुरा सोच्ने फुर्सद पनि हुँदैन। सबैभन्दा नराम्रो कुरा त आफ्नो रिस निर्दोष व्यक्तिमाथि पोख्नु हो। रिसको परिणाम कहिल्यै राम्रो हुँदैन। अफिसमा काम बिगारेर घर आएर छोराछोरीलाई गाली गर्नु अथवा घरमा झगडा गरेर स्कुल गै विद्यार्थीमाथि रिस पोखेका घटनाहरू हामीले सुन्दै, देख्दै अनि भोग्दै आएका छौं। रिसको यस्तो आवेगले कसैलाई फाइदा गर्दैन। रिसको घनिष्ट सम्बन्ध अस्थिरता, क्षणिकता, उद्वेग, अहंकार, असहिष्णुता आदि मनका अन्य विकारहरूसँग हुन्छ। रिसलाई मनभित्र दबाएर लामो समयसम्म राख्दा अझ ठूलो हानि हुन्छ।
निवारण

Sunday, May 5, 2013

हरपल म त तिम्रै हु भन्न चाहन्छु


हरपल म त तिम्रै हु भन्न चाहन्छु
जुनिभरि तिम्रै साथी बन्न चाहन्छु  !

पिडामा नि रमाउने कोसिस छ मेरो
तिम्रै चोखो मायामा अड्न चाहन्छु !

फुलको जस्तो मिठो बास्ना कहाँ हुन्छ र
दिल्मै फुल्ने फुलको बिउ छर्न चाहन्छु !

दुनियामा हुन्छन मायामा धेरै तगारो
दुखको पहाड आफैले खन्न चाहन्छु !

आकासका तारा खसाल्ने कसम होइन
सुख कति दिन सकेछु  गन्न चाहन्छु !

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत !

Sunday, April 21, 2013

भित्र भित्रै यो मन जलेर त मुस्किल भयो

भित्र भित्रै यो मन जलेर त मुस्किल भयो
आगोको राको सरी बलेर त मुस्किल भयो ।

चड्दै छू खुड्किलोहरू एक पछि अर्को गर्दै
हिड्दाहिड्दै कयौपल्ट ढलेर त मुस्किल भयो ।

एकान्तमा एकाग्र हुनुनै राम्रो मलाई त  
ढुक्ढुकी यो मनको चलेर त मुस्किल भयो ।

थकित हुने मन त कहाँ थियो र जिन्दगीमा
दु:ख अनी पिडाले धेरै गलेर त मुस्किल भयो ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

Saturday, April 20, 2013

मेरो अनुपस्थितिमा खुसि हुनेहरुलाई सलाम

मेरो अनुपस्थितिमा खुसि हुनेहरुलाई सलाम
मेरो आसुले आफुलाईनै धुनेहरुलाई सलाम !

हारमा अरुको बिजय मनाउनेहरु पाए धेरै
जितमा कसैको भित्रभित्रै रुनेहरुलाई सलाम !

बुझाउने छु यो मन पिडामा मेरो  रम्छ्न भने
अनेक बहाना गरि जाल बुन्नेहरुलाई सलाम !

पिडा दिनेहरु भेटे धेरै स्वार्थि यो दुनियामा
खेलेर अरुको भाबनालाइ छुनेहरुलाई सलाम !

बेचैन छु म आफै विश्वासघात गर्नेहरु देखि
तितो - मिठो सबैकुरा गुन्नेहरुलाई सलाम !

रेशम श्रेष्ठ
हुवाश-३, पर्बत

Thursday, April 18, 2013

आज म आफै खुशी हुन सकिन

आज म  आफै खुशी हुन सकिन
खोलेर नि मन धेरै रुन सकिन !

बाहिरी मैलो त देखिन्छ सबैले
पापी मनको मैलो नै धुन सकिन !

भावनाहरु उम्लिएर धेरै पोखिन्छन
ढुंगासरि त्येइ मनलाइ छुन सकिन !

चारैतिर देख्दैछु धेरै बाटोहरु यहाँ
आफैलाइ एउटा जाल बुन्न सकिन !

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत !

म एउटा पीडाको गित गाउन चाहन्छु

म एउटा पीडाको गित गाउन चाहन्छु
सबैको मनमा सधै छाउन चाहन्छु !

निष्ठुरीको मनलाइ पगाल्न सक्ने भए
बिछोड्मै रमाएर आफै आउन चाहन्छु  !

नछोड्ने भयो कहिले यो पिर चिन्ताले
कल्पनाकै एउटा संसार बनाउन चाहन्छु !

लाग्दैछ यो मायाको तिर्सना धेरै भो
जुनिभरि उनकै हात समाउन चाहन्छु !

रेशम श्रेष्ठ
हुवाश-३, पर्बत

Tuesday, April 16, 2013

कहिलेकाही केहि बोल्ने मन मेरो

कहिलेकाही केहि बोल्ने मन मेरो
मनका सबै कुरा खोल्ने मन मेरो !

सुख बुन्ने मेरो कोसिस निरन्तर छदैछ
पिडा जति  एकठाउमा घोल्ने मन मेरो !

फुलै फुलको दुनियामा काडा बन्नु किन
सत्य तितो भए पनि खोतल्ने मन मेरो !

रेशम श्रेष्ठ
हुवाश-३,पर्वत !

Sunday, April 14, 2013

के सम्झाउनु बिर्सि जान्छौ भने

के सम्झाउनु बिर्सि जान्छौ भने
के भर पर्नु आफ्नै संका मान्छौ भने !

ठान्छु म जिबन एक यात्रा हो
गन्तब्य आफ्नै  छान्छौ भने !

नगर्नु कुनै बहाना जिउनलाई
जितमा अरुको खुट्टा तान्छौ भने !

जिबन एक पल हो यो सबैको
सत्यतामा तिमि लान्छौ भने !

निर्णय आफ्नै हुन्छ जिबनको
स्वाभिमानी आफूलाई ठान्छौ भने !

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत !

Saturday, April 13, 2013

सम्बन्धहरु नै छुटेपछिको अर्थ के

सम्बन्धहरु नै छुटेपछिको अर्थ के
हिड्ने बाटो नै टुटेपछिको अर्थ के  !

रहेन विश्वास पनि शब्द गलत भो
आफ्नैले बारबार लुटेपछिको अर्थ के !

स्वाभिमान को अर्थ पनि बुझ्नै सकिन
मकै सरि यो मनै भुटेपछिको अर्थ के  !

सम्झौता गर्दागर्दै छोटिदैछ जिबन
मनको बाधनै फुटेपछिको अर्थ के  !

कालो पनि सेतो भन्ने कस्तो जमाना
झुठो पनि सहिभै जुटेपछिको अर्थ के !

रेशम श्रेष्ठ
हुवाश - ३, पर्वत !

Friday, March 29, 2013

आफ्नै मान्छे पराइ भएपछी गर्नु के छ र


आफ्नै मान्छेहरु पराइ भएपछी गर्नु के छ र
मनभित्र सबैको खोट रहेपछि गर्नु के छ र !

नपुरिने रहेछ कहिलेपनि यो खाडल दुखको
भित्रभित्रै आगो लाग्दै गएपछि, गर्नु के छ र !

खै कसरि लड्नु यहाँ अब यत्रो दुनियासंग
आफ्नाले नै सबै खुसि  हरेपछि, गर्नु के छ र !

स्वार्थी पनि कति छन् कति बुझ्नु कसरि
पिडा मात्रै जताततै थपेपछि, गर्नु के छ र !

हुदैछन रहरहरु अधुरो जिन्दगीमा रमाउने
मात्र पिर व्यथाको बिउ छरेपछि, गर्नु के छ र !

रेशम श्रेष्ठ
पर्बत, हुवाश-३ !

Tuesday, March 19, 2013

यो मन पनि आफै बोल्छ कहीलेकाही

यो मन पनि आफै आफै बोल्छ कहीलेकाही
आफ्नै दु:ख पीडाहरू खोल्छ कहिलेकाही ।

धाए जिन्दगीको कैयौ उकाली ओरालीहरु
आगो बिनानै मुटु यो पोल्छ कहिलेकाही ।

रहर जाग्छ यो मनमा नयाँ केही गरौ भनि
मनले मेरै कुनाकुना खोतल्छ कहिलेकाही ।

मूल्य कहाँ छ कति छ खै यो जिन्दगीको
सोध्छ खोज्छ आफैमा घोल्छ कहिलेकाही !

रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत ।

नजाउ कतै अनायसै झर्केर तिमी

नजाउ कतै अनायसै झर्केर तिमी
मेरै हात समाउनु सधैं मर्केर तिमी ।

जिन्दगीमा होस् साथ् सधैं तिम्रो
नहुनु कहीले टाढा तर्केर तिमी ।

अजम्बरी छ मेरो माया तिमिलाई
नहेर फेरि कुनै बाटो फर्केर तिमी ।

जिउनु छ यो जिन्दगी रमाइ सधैं
नफुट्नु है सिसाझै चर्केर तिमी ।

सोच हुनु पर्छ सधैं उच्च बिचारको
नबस्नु बिना अर्थमा सर्केर तिमी ।

रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत ।

Wednesday, March 13, 2013

तिमिलेनै खोला तार्यौ र त लेख्दैछु


तिमिलेनै खोला तार्यौ र त लेख्दैछु
अन्तै त्यो मन सार्यौ र त लेख्दैछु ।

जिन्दगीमा संगै जिउने अनी मर्ने रहर
हुन्छ हुन्छ भन्दै टार्यौ र त लेख्दैछु ।

कसम मैले खाए रुवाउने छैन भनि
सम्झिएर मेरै आसु झार्यौ र त लेख्दैछु ।

लाग्थ्यो यो माया हाम्रो जूनी-जूनीको
तड्पी-तड्पी बाच्ने पार्यौ र त लेख्दैछु ।

हुनेछ बरु यो जीवनको अन्त्य सहज
जिन्दगीमा जिउदै मार्यौ र त लेख्दैछु ।

रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत ।

Tuesday, March 12, 2013

बिना आगो पनि यो दिल जल्दैछ आज

बिना आगो पनि यो दिल जल्दैछ आज
सम्झनामै कति दिन त्येसै टल्दैछ आज ।

यो मनमा शान्ति छैन खै किन हो
कल्पनाकै राको दन्दनी बल्दैछ आज ।

थाहै भएन यो मनले चोट कति सहेछ
एक्पछी अर्को गर्दै मुटु आफै गल्दैछ आज!

सूख त केबल आफ्नै सपना हुदैछन
दुखले नै धेरै जताततै झेल्दैछ आज ।

रेशम श्रेष्ठ
हुवश्-३,पर्वत ।

Sunday, March 10, 2013

सोच्दैछु आजकल त्यस्तो आधार कहाँ छ

सोच्दैछु आजकल त्यस्तो आधार कहाँ छ
खोज्दैछु पाउने सूखको ब्यापार कहाँ छ ।

जिन्दगीमा बाच्नु कति दु:ख बोकेर
सुखी, शान्तिको त्यो संसार कहाँ छ ।

मनभरी रहर अनी  उमंग ले छाउदा
सोध्छु न्यानो अङगालोको पाहार कहाँ छ ।

चाहना छ तनमा मनमा खुशीहरू ल्याउने
हेर्छु जताततै खुशीको  बहार कहाँ छ ।

रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत ।

Saturday, February 23, 2013

तिम्रो साथ् हुँदाको कुरा बेग्लै छ


तिम्रो साथ् हुँदाको कुरा बेग्लै छ
तिम्रै बाहुमा रुदाको कुरा बेग्लै छ ।

दुरी हाम्रो बड्दै गएपछि टाढा
पीडाले मुटु छुदाको कुरा बेग्लै छ ।

याद् आउछ धेरै त्येइ मिठो पलको
रोएरै आसुले धुदाको कुरा बेग्लै छ ।

भगवान पनि अब खोज्नु पर्ने भो
मनमा हुने खुदाको कुरा बेग्लै छ ।

रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत ।


Friday, February 22, 2013

हिड्दाहिड्दैको बाटो छुटेपछी त थाहा पाए


हिड्दाहिड्दैको बाटो छुटेपछी त थाहा पाए
आफ्नैले आँफैलाई लुटेपछी त थाहा पाए ।

सोच्नै सकिन बिगतका ति दिनहरुमा
समस्याहरु सबै जुटेपछी त थाहा पाए ।

थाहै थिएन यो दुनियाको चलन पनि
स्वार्थी भएर सबैले भुटेपछी त थाहा पाए ।

शायद समयले आँफै सिकाउने रहेछ कि
आशाहरु यो मनको टुटेपछी त थाहा पाए ।

मरिसकेछन नफक्रदै पालुवा यि मनका
आधी हुरी अशिनाले चुटेपछी त थाहा पाए ।

रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत ।

Tuesday, February 19, 2013

सधैं कति बाच्ने खै पिडाको गीत गाएर

सधैं कति बाच्ने खै पिडाको गीत गाएर
माया के को लाउनु ब्यर्थैमा पछि धाएर ।

मनभरी कल्पना अनी सपना बुन्दै
नमेटिने मायाको त्येइ भोक लाएर ।

मनको चाहना खै पुरा होला कहीले
हरपलमा तिमिलाई साथमा पाएर ।

कति लेख्नु यो मनको पीडाहरू सधैं
गाह्रो भइरहेछ सम्हाल्नै मनमा आएर ।

के यो जिन्दगी मेरो मात्रै यस्तो होकि
भएन खै पुरा कहीले मनले चाएर ।

रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत ।

Monday, February 18, 2013

तिमिलाइनै यो मनले चाहेर त रोजे

तिमिलाइनै यो मनले चाहेर, त रोजे
हर सपनिमा तिमिनै धाएर, त रोजे ।

सयेउ हजारौं थिए मेरो नजरमा पनि
तिमिसंगै दिलले माया लाएर, त रोजे ।

कहाँ सकिन्छ र यहाँ एकलै जिउनलाई
तिम्रै त्यही न्यानो साथ् पाएर, त रोजे ।

मिठो लाग्दैछ झन्झन् यो माया कस्तो
नअघाउने कहीले पनि खाएर, त रोजे ।

साथ मायालुको भएर त बाच्ने मन हुन्छ
ढुक्ढुकीमा जहिलेसुकै आएर, त रोजे ।

बस्नै गाह्रो एकछिन पनि बिना तिम्रो याद
तनभरी मनभरी जताततै छाएर, त रोजे ।

रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत

Sunday, February 17, 2013

एक्लो यो जिन्दगीमा धेरै जिउनु किन

एक्लो यो जिन्दगीमा धेरै जिउनु किन
मनभरी चोट बोकी बेचैन हुनु किन ।

सूख भन्दा दु:ख नै रहेछ् जिन्दगीमा
बिना अर्थ एकान्तमा सम्झि रुनु किन ।

पिडानै प्यारो लाग्न थाल्यो अब त
ब्यर्थै यहाँ आसुले सिरानी धुनु किन ।

सोच्दैछु आजकल् त अनेकौ कुराहरु
अनायसै मनको बह कहनु किन  ।

रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत

Friday, February 15, 2013

यो मनमा सुख शान्ति आउने, कहिले होला

यो मनमा सुख शान्ति आउने, कहिले होला
बहार खुशीको मनभरी छाउने, कहिले होला ।

बेचैन हुन्छु आँफै-आँफै यो जिन्दगीलाई देख्दा
कल्पना मनका सबै साचो पाउने, कहिले होला ।

नटुङिने एउटा यात्रा रहेछ शायद यो जिन्दगी
हिड्दा हिड्दै सफलताले पछी धाउने,कहिले होला ।

हास्न एक्पल जिन्दगीमा सयौ पटक रुनु पर्ने
रोएरै भएपनी मनको गीत गाउने, कहिले होला ।

सुख भन्दा दु:ख धेरै रहेछ जिन्दगीको अर्को नाम
सँगालेरै पिडा सबै पाखा लाउने, कहिले होला ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

Tuesday, February 12, 2013

तिमी संगै माया लाउनेछु कसम प्रेम दिबसको

तिमी संगै माया लाउनेछु, कसम प्रेम दिबसको
तिम्रै सौन्दर्यको गीत गाउनेछु,कसम प्रेम दिबसको !

लेखेको छू तिम्रै नाम मेरो मनको मन्दिरमा
जूनीजूनी साथमै आउनेछु, कसम प्रेम दिबसको !

आउछौ तिमी त मेरै कल्पनाको फूलबारीमा
तिम्रै ढुक्ढुकीमा छाउनेछु, कसम प्रेम दिबसको !

देउता भाक्छन मन्दिर जान्छन यहाँ कति कति
लाएर तिम्रै पछि धाउनेछु, कसम प्रेम दिबसको !

चाहिदैन सूख तिमीबिना कुनै नयाँ संसारको
तिम्रै सिउदो सजाउनेछु, कसम प्रेम दिबसको !

रेशम श्रेष्ठ
हुवाश्-३ पर्वत ।

Thursday, February 7, 2013

शुभकामना धेरै तिमिलाई दिदैछु प्रेमदिबसमा

शुभकामना धेरै तिमिलाई दिदैछु प्रेमदिबसमा
उपहार मायाको तिमिलाई लिदैछु प्रेमदिबसमा ।

हरपलमा तिम्रै माया छ मेरो भित्री धड्कनमा
तिम्रै नाममा यो ज्यान छिन्दैछु प्रेमदिबसमा ।

जुगौ जुग जिउने कसम तिम्रो-मेरो मायाको
हुनेछौ हामी जोडी भनि बाचा दिदैछु प्रेमदिबसमा ।

केबल हाम्रो सानो संसारको खुशी चाहन्छु म
लुकाएर पिडा सबै सूख किन्दैछु प्रेमदिबसमा ।

रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।

Wednesday, February 6, 2013

आज आएर परिवर्तन खोज्दै छू म

आज आएर परिवर्तन खोज्दै छू म
बिचारको एउटा गन्तब्य रोज्दै छू म ।

वाध्य हुँदैछू सबैबाट टाढा हुनलाई
त्यस्तो बाटो शान्तिको सोच्दै छू म ।

सोचे सम्झे सबैलाई बिस्वाश्का पात्र
घात् पाएपछी पिडा आफै भोग्दै छू म ।

भेटिएन कोहि यहाँ चोखो धोएको
आफ्नै कुरा सहिछन कति जोख्दै छू म ।

रोजेर पाउने रहेनछ चिज कुनै त्यस्तो
मनकै बह खाली पानामा पोख्दै छू म ।

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत ।

Monday, January 7, 2013

बिताउनु है जीवन तिमी सधैं हासेर

बिताउनु है जीवन तिमी सधैं हासेर
मै बाच्नेछु दु:खलाई संगै साचेर ।

सहन्छु म जतिसुकै चोट खाए पनि
देखाइदिउला पलपलमै मर्दै बाचेर ।

बिर्सिदिनु ती क्षर्णहरू रमाउनु सधैं
याद् आउने मनका कुरा सबै नासेर ।

कोशिश् मेरो बन्दैछन आफैमा ब्यर्थ
अतितले घच्घच्याउदा मनै नाचेर ।

आसा मर्यो साथ् मर्यो तिमी सँगको
राखेको छू तिम्रो तस्बिर दिलमै टासेर ।

रेशम श्रेष्ठ
हुवाश्-३ , पर्वत ।
फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"