एक्लो यो जिन्दगीमा धेरै जिउनु किन

मनभरी चोट बोकी बेचैन हुनु किन ।
सूख भन्दा दु:ख नै रहेछ् जिन्दगीमा
बिना अर्थ एकान्तमा सम्झि रुनु किन ।
पिडानै प्यारो लाग्न थाल्यो अब त
ब्यर्थै यहाँ आसुले सिरानी धुनु किन ।
सोच्दैछु आजकल् त अनेकौ कुराहरु
अनायसै मनको बह कहनु किन ।
रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत
No comments:
Post a Comment