जिबन यस्तो यात्रा हो जहाँ, दौडिन्छन धेरै

अनमोल छ जिबन यहाँ सबैको
मुल्य बिनानै दिल यहाँ, तोडिन्छन धेरै !
सबैमा हुन्छ विचार आ-आफ्नै
कोहि हुदैनन् एउटै यहाँ, फोडिन्छन धेरै !
दौडिन्छ जो पुग्छन धेरै अगाडी
सबै शिखरमा पुग्दैनन यहाँ, छोडिन्छन धेरै !
फुलाउछन मनमा असिमित फुलहरु
पाउदैनन सबै फक्रिन यहाँ, गोडीन्छन धेरै !
आउछन कति लाउछन पिरती पनि
हुन्छन मिलन अनि बिछोड यहाँ, मोडिन्छन धेरै !
रेशम श्रेष्ठ !
पर्बत, हुवाश - ३