
उद्घाटन समारोहमा महानगरपालिकाका कर्मचारी, सरकारी अधिकारी, ट्राफिक प्रहरीका अधिकृत, सञ्चारकर्मी, व्यवसायी लगायतको उपस्थिति रहेको थियो । बेलुकी ८ बजेदेखि राति ११ बजेसम्म मात्र बस चल्नेछ ।
काठमाडौं महानगरपालिका र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुरुको अनुभव हेरेर रातभरी पनि चलाउन सकिने प्रतिकृया दिएका छन् । अरु जे भएपनि राजधानीको सडकमा रात्रीबस चल्ने भयो भन्ने कुरालाई मात्र यतिबेला सबैले महत्व दिएका छन् । रातको समयमा सार्वजनिक गाडी नपाएर यात्रुले सास्ती भोग्न थालेपछि सरकारले रात्रीकालीन बस सेवा सञ्चालन गर्न लागेको हो ।