
उद्घाटन समारोहमा महानगरपालिकाका कर्मचारी, सरकारी अधिकारी, ट्राफिक प्रहरीका अधिकृत, सञ्चारकर्मी, व्यवसायी लगायतको उपस्थिति रहेको थियो । बेलुकी ८ बजेदेखि राति ११ बजेसम्म मात्र बस चल्नेछ ।
काठमाडौं महानगरपालिका र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुरुको अनुभव हेरेर रातभरी पनि चलाउन सकिने प्रतिकृया दिएका छन् । अरु जे भएपनि राजधानीको सडकमा रात्रीबस चल्ने भयो भन्ने कुरालाई मात्र यतिबेला सबैले महत्व दिएका छन् । रातको समयमा सार्वजनिक गाडी नपाएर यात्रुले सास्ती भोग्न थालेपछि सरकारले रात्रीकालीन बस सेवा सञ्चालन गर्न लागेको हो ।
रात्री बसमा जो पनि चढ्दछन: पहिलो दिन रात्री बस चढ्न हतारिदै यात्रुहरु ।
बसको रुट
१. चक्रपथ परिक्रमा (४ वटा बस)
क) कलंकीबाट नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, सातदोबाटो हुँदै कलंकीसम्म
ख) कलंकीबाट सातदोबाटो, कोटेश्वर, चाबहिल, नयाँ बसपार्क हुँदै कलंकीसम्म
ग) कोटेश्वरबाट चाबहिल, नयाँ बसपार्क, कलंकी, सातदोबाटो हुँदै कोटेश्वरसम्म
घ) कोटेश्वरबाट सातदोबाटो, कलंकी, नयाँ बसपार्क, चाबहिल हुँदै कोटेश्वरसम्म
यो त भयो रिङरोड राउन्ड लगाउने बस। अर्को भित्री सहरी रुटमा १० बस चल्दैछन्। ती बसको केन्द्रीय स्टेसन रत्नपार्कको वीर अस्पताल अगाडि कायम गरिएको छ। त्यसको रुट यस्तो छ-
२. भित्री सहरी रुट (वीर अस्पताल अगाडिबाट)
क) रत्नपार्क (वीर अस्पताल अगाडि) बाट शहिदगेट, त्रिपुरेश्वर, कालिमाटी, रविभवन, कलंकी आवत जावत- २ वटा बस
ख) रत्नपार्क (वीर अस्पताल अगाडि) बाट जमल, केशरमहल, लाजिम्पाट, महाराजगञ्ज हुँदै गंगालाल ह्रदय केन्द्र आवतजावत-२ वटा बस
ग) रत्नपार्क (वीर अस्पताल अगाडि) बाट भृकुटीमण्डप, कृष्ण पाउरोटी, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर, गौशाला, चाबहिल हुँदै जोरपाटी आवत जावत- २ वटा बस
घ) रत्नपार्क (वीर अस्पताल अगाडि) बाट सिंहदरबार, बबरमहल, तीनकुने, सिनामंगल भई तीनकुने हुँदै कोटेश्वर आवतजावत- २ वटा बस
ङ) रत्नपार्क (वीर अस्पताल अगाडि) बाट सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, पाटन अस्पताल हुँदै सातदोबाटो रुटमा आवतजावत- २ वटा
सुरक्षालाई ध्यानमा राख्दै हरेक बसमा दुई जना सुरक्षाकर्मी राखिएको छ । यस्तै मोबाईल भ्यानबाट पनि प्रहरी गस्ती हुनेछ । सुरक्षाका लागि १४ वटै बसमा सिसिटिभी क्यामरा पनि जडान गरिएको छ ।
अनलाइनखबर
No comments:
Post a Comment