सर्बप्रथम नमस्कार सबैमा म रेशम श्रेष्ठ को तर्फदेखी..........
शायद मान्छेले चाहे जस्तो अनी सोचे जस्तो यो दुनियाँमा कहाँ हुदोरहेछ र ? समस्याहरू जति समाधान गर्ने कोशिश् गर्यो त्यति नै एक पछि अर्को गरेर थुप्रिरहेको हुन्छ ! मैले मान्छे हरूले लेखेका र भोगेका कथाहरू पढने र सुन्ने गरेको पनि थिए अनी सोच्ने गर्थे यी सबै कल्पनिक हुन अर्थात कुनै सोचमा डुबेर लेखेका होलान भन्ने पनि लाग्थ्यो तर अहिले आफैले नै भोगेका आफ्नै वास्तविक्ताहरु देख्दा शायद ठिकै रहेछ भन्ने पनि लाग्दैछ अनी जीवनलाई समस्याबाट मुक्त पार्न शायद सकिदोरहेनछ भन्ने पनि बुझ्दैछु आजका दिनहरूमा आएर । हरेक मान्छेमा आफ्नै सपना हुन्छन चाहना हुन्छन लक्ष्य हुन्छन अनी समस्याहरू पनि सङ्सगै हुन्छन् तर सबैलाई आफ्नै समस्या ठुलो लाग्छ र पुरा गर्न पनि त्येस्तै गाह्रो हुन्छ एक पछि अर्को समस्या र चाहनाहरू बड्दै गईरहेका हुन्छन् । शायद यस्तै चाहनाहरूले गर्दा पनि होला मान्छेले समस्या बाट मुक्त पाउन सकिरहेको हुँदैन शायद माग र पुर्तीको नियमनै यस्तै भएर पनि होला यो दुनियाँमा कसैलाई बिहान बेलुका खानकै पिर छ कसैलाई आफ्नो सपनाको दुनियाँको पिर छ भने जस्तै मेरो बिचार तपाईंहरूलाई कस्तो लाग्छ । यस्तै बिचार ले गर्दानै आज आएर जिबनमा केही गर्नु पर्छ भन्ने भाबनाका साथ् आफ्नो नयाँ सिर्जना हरु यस् ब्लग बाट प्रस्तुत गर्ने कोशिश् गर्दैछु आसा छ आदरणिय मित्रजन, आफन्त तथा शुभचिन्तकहरुले अबस्यपनि सहयोग, सुझाब अनी हौसला दिनु हुनेछ । तपाईंहरुको सहयोग एबम सल्लाह नै मेरो लागि अमुल्य हुनेछ ।
पर्तिक्रियाको लागि मेरो ईमेल: resham_ks26@yahoo.com
धन्यवाद
रेशम श्रेष्ठ
पर्बत, हुवाश-३ ।

पर्तिक्रियाको लागि मेरो ईमेल: resham_ks26@yahoo.com
धन्यवाद
रेशम श्रेष्ठ
पर्बत, हुवाश-३ ।
2 comments:
waoo very nice blog sir keep it up....
Thanks Prakash Jee.......
Post a Comment