अनायसै तिमी म सँग झर्केर गयौ
हिड्दा हिड्दै बिचैमा फर्केर गयौ ।
मायामा लाग्ने त्यो कस्तो घाऊ हो
दुख्दै थियो अझै नुन छर्केर गयौ ।
हेर्दा त अती राम्रो खोट केही देखिन
सिसा जस्तो मन तिम्रो चर्केर गयौ ।
बास गरि मेरै दिलमा सरेउ अर्कै तीर
चिप्लो बनायौ बानी आफ्नै सर्केर गयौ ।
मन थियो त तिमिलाई मेरै हुने
दोधारमा पर्यौ किन आँफै मर्केर गयौ ।
रेशम श्रेष्ठ
हुवाश्-३, पर्बत ।
मायामा लाग्ने त्यो कस्तो घाऊ हो
दुख्दै थियो अझै नुन छर्केर गयौ ।
हेर्दा त अती राम्रो खोट केही देखिन
सिसा जस्तो मन तिम्रो चर्केर गयौ ।
बास गरि मेरै दिलमा सरेउ अर्कै तीर
चिप्लो बनायौ बानी आफ्नै सर्केर गयौ ।
मन थियो त तिमिलाई मेरै हुने
दोधारमा पर्यौ किन आँफै मर्केर गयौ ।
रेशम श्रेष्ठ
हुवाश्-३, पर्बत ।