Monday, September 3, 2012

भारतमा पहिरोमा पुरिएर ७ नेपालीको मृत्यु


बैतडी, भाद्र १८ - सडक निर्माणका लागि भारत गएका ७ जना नेपाली मजदुरको दुई दिन अगाडि पहिरोमा पुरिएर मृत्यु भएको छ । पिथौरागढ जिल्लाको धार्चुला देखि ५० किलोमिटर उत्तर डरग्राम दर्मा एरियामा पाड्वा ग्राम सडक निर्माणमा संलग्न बैतडीको बिशालपुर र शर्माली गाविसका ७ जना शनिबार साँझ पुरिएका हुन । घटनामा चार जना घाइते भएका छन् ।  
मृत्यु हुनेमा बिशालपुर-२ रोकटाका ४३ वर्षीय मानध्वज लुहार, ३५ वर्षीय बिसनराम लुहार, ३२ वर्षीय श्यामराम भूल, ४० वर्षीय सन्तोष लुहार, ३० वर्षीय रामीराम लुहार, शर्माली-७ का २५ वर्षीय बीरेन्द्रराम सोनी र ४९ वर्षीय झुप्पुराम सोनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घाइते मध्ये बिशालपुर-९ का २६ वर्षीय मानसिंह लुहार र शर्माली-८ का २० वर्षीय रमेश राम तिरुवा गम्भीर छन् । सडकमा काम गरिरहेका बेला माथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ । मृतकको शव ल्याउने पहल भईरहेको प्रहरी निरीक्षक बिचित्र शाहले बताए ।

प्रकाशित मिति: २०६९ भाद्र १८ १२:२० 

No comments:

फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"