
खुसिमा नै आफै रुने हरु संग
लगाएर मलम दुख्नेको के कुरा !
साथ हाम्रो अजम्बरी भन्छन
समाएर बिचैमा छोड्नेको के कुरा !
आज एउटा त भोलि अर्कै छ
छुटाएर डोरी जोड्नेको के कुरा !
गर्छन अनेक बात हरु ठुला
खुवाएर बाचा कसम तोड्नेको के कुरा !
एक्लो हुदा सबै साथ खोज्छन
भेटाएर बाटो अर्को मोड्नेको के कुरा !
रेशम श्रेष्ठ !
पर्बत, हुवाश - ३