Friday, July 26, 2013

रूबाइयात

जिन्दगीले पाठ पक्कै पढाउछ
विश्वासले संसार पक्कै अडाउछ !
आस्था मनमा यदि हुन्छ भने
ढुंगामै सहि फुल पक्कै चढाउछ !!

रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत 

Thursday, July 25, 2013

जिबनले किनारा खोजेर हो कि

जिबनले किनारा खोजेर हो कि
तिम्रै आगमन लाइ रोजेर हो कि !

आतुर भैसकेछु साथ् पाउनलाइ
त्यो मनले यो मन जोडेर हो कि !

ध्यान अन्त कतै जादैन आजकल
मायाको डोरीले त्यतै मोडेर हो कि

बाचेकै छु यो मुटु छिया परेर पनि
मायाको आभाष अझै छोडेर हो कि !

रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत !

Wednesday, July 24, 2013

प्रिय तिम्रो सम्झना नै मिठो लाग्छ मलाई त

प्रिय तिम्रो सम्झना नै मिठो लाग्छ मलाई त
हरपल तिम्रो कल्पना नै मिठो लाग्छ मलाई त !

यादहरु नि कति छन् कति मेरो यो मनभरी
पल्पल्मै तिम्रो तिर्सना मिठो लाग्छ मलाई त !!

दिन मेरो जादैछ प्रिय यसै तिम्रो यादहरुमा
तिम्रै मायाको यातना मिठो लाग्छ मलाई त !!!

रेशम श्रेष्ठ,
हुवाश-३, पर्वत !

रूबाइयात - मुक्तक

यो माया कस्तो बेचैन बनाउछ
नभेट्दा एकछिन धेरै सताउछ
सन्देस उनलाई के पठाऊ भन्दै
धेरै नै मनमा तरङ्ग उठाउछ !!

मलाई सताएर जाने कोसिस नगर
सिहाशनमा बसाएर जाने कोसिस नगर
म त तिमीबिना अपुरो-अधुरो भैसकेछु
बिचैमा फसाएर जाने कोसिस नगर !!

त्येही पुरानो बाटो आउनेछु म
निश्चल उमंगको गित गाउनेछु म
धेरै भैसक्यो खोजेको तिमीलाई
अब समिपमै तिम्रो पाउनेछु म !!
फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"