
जिबनले किनारा खोजेर हो कि
तिम्रै आगमन लाइ रोजेर हो कि !
आतुर भैसकेछु साथ् पाउनलाइ
त्यो मनले यो मन जोडेर हो कि !
ध्यान अन्त कतै जादैन आजकल
मायाको डोरीले त्यतै मोडेर हो कि
बाचेकै छु यो मुटु छिया परेर पनि
मायाको आभाष अझै छोडेर हो कि !
रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत !
No comments:
Post a Comment